रक्तिम–यात्रा : जिन्दगीको लामो भोगाइहरुको गहन अनुभूति

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
रक्तिम–यात्रा : जिन्दगीको लामो भोगाइहरुको गहन अनुभूति

सारांश

  • जीवन शर्मा ठूला ठूला ढुङ्गे बान्ना उधिनेर तामाका टुसा बाहिर निस्केका हुन्छन् ।
  • नेपाली साहित्य र कलाको हालत पनि प्रायः त्यस्तै देखिन्छ ।
  • घर–परिवार, समाज, प्रशासन, राज्यको अवरोध, अनि त्यैमाथि आर्थिक समस्या लगायतका अनेकौँ बाधा–व्यवधानलाई चिर्दै एउटा कृति बाहिर निस्कन्छ ।

जीवन शर्मा

ठूला ठूला ढुङ्गे बान्ना उधिनेर तामाका टुसा बाहिर निस्केका हुन्छन् । नेपाली साहित्य र कलाको हालत पनि प्रायः त्यस्तै देखिन्छ । घर–परिवार, समाज, प्रशासन, राज्यको अवरोध, अनि त्यैमाथि आर्थिक समस्या लगायतका अनेकौँ बाधा–व्यवधानलाई चिर्दै एउटा कृति बाहिर निस्कन्छ । त्यसलाई जनसमक्ष पुराउन लेखकले फेरि त्यत्तिकै सङ्घर्ष झेल्नु परी रहेको हुन्छ । डिजिटल प्रविधिबाट प्रसारित सामग्रीहरुले घरघरमा डेरा जमाई रहेको यो जमानामा किताब किनेर पढ्ने पाठकको सङ्ख्या पनि अति दुर्लभ हुँदै गएको छ । यस्तो परिवेशमा पुस्तक तयार पारेर पाठक समक्ष पुराउनु भनेको ठुलो साहसिक काम हो । यस्तै यस्तै यथार्थ सङ्घर्षको बीचबाट नेपाली साहित्यिक आकासमा नयाँ पाना भन्दै नारायण शर्माद्वारा लिखित आफ्नै जिन्दगीका विभिन्न आयाम र अवधधिका अनुभवहरु समेटिएको कृति “रक्तिम–यात्रा” प्रकाशित भएको छ । यो मूलभूत रूपमा यात्रा संस्मरण हो । तर त्यतिमा मात्र यो सीमित छैन, त्यस वरिपरिका थुप्रै विधाहरुमा समेत यो पोखिन गएको छ । यसले नेपाली समाजका विभिन्न कालखण्ड र परिवेशका विविध पाटाहरुको वास्तविकता बोकेको छ ।

नेपाली साहित्यिक जगतमा छुट्टै विशेषता बोकेर उठ्न प्रयासरत साहसी जन सांस्कृतिककर्मी हुन्, नारायण शर्मा । उनी मुख्य गरेर दुईवटा आयामका धनी छन् ः रक्तिम सांस्कृतिक अभियानको अभियन्ताका रुपमा र हाँक साप्ताहिक लगायत पत्रिकाका सम्पादक या पत्रकारको रुपमा । पहिलो आयाम उनको व्यक्तित्व विकासको प्रारम्भिक आधारशीला हो । रक्तिम सांस्कृतिक अभियानको रङ्गमञ्चका उनी प्रतिभासम्पन्न, सक्रिय र प्रभावशाली पात्र हुन् । जीवनको यस पाटोमा उनले रक्तिम सांस्कृतिक अभियानद्वारा तयार पारिएका गीत–सङ्गीत र नाटकहरुमा आफ्नो विभिन्न प्रकारको भूमिका निर्वाह गरेका छन् । उनी आफैले पनि व्यङ्ग्यात्मक गीत र प्यारोडी तयार पारेर गाउँदै, नाच्दै हिड्ने गरेका छन् । यसै सिलसिलामा उनी देश–विदेशका विभिन्न भागमा पुगेर प्राप्त गरेका अनेकौँ अनुभवका खजाना यस कृतिमा समाविष्ट छन । सिद्धान्त, विचार र राजनीतिको आलोकमा उनले आफ्नो सांस्कृतिक जीवनको सङ्घर्षमय यात्रा अघि बढाई रहेका छन् भन्ने कुरा यसभित्रका सामग्रीबाट प्रष्ट हुन आउँछ । समाजवादी यथार्थवादी सौन्दर्य उनको आस्थाको दर्शन हो । यही फाँटमा उनी उदाए, हुर्के र यसैमा सङ्घर्षरत छन् । आफ्नो आस्थाका लागि मरी मेट्ने सङ्कल्पका साथ अघि बढ्दा सिर्जना भएका सङ्घर्षका वास्तविक कथा र जीवनका व्यथाको दस्तावेज हो यो “रक्तिम–यात्रा” । दोस्रो काल भनेको तुलनात्मक रुपमा बढी परिपक्व र साहित्यिक अभ्यासको काल हो । दोस्रो कालमा उनले विभिन्न पत्रिकाहरुमा दिइएको जिम्मेवारी अनुरुप आफनो पत्रकारको दायित्व निर्वाह गर्दै अघि बढी रहेका छन् । यसै सिलसिलामा उनले विभिन्न पत्रपत्रिकामा आफ्ना लेख÷रचना र यात्राका अनुभवहरु प्रकाशित पनि गर्दै आएका छन् । यसले उनको साहित्यिक विकासको अभ्यासमा महङ्खवपूर्ण अवसर प्रदान ग¥यो । जुनसुकै समय, जेसुकै रुपमा र स्थानमा भए पनि मूलभूत रुपमा उनी सांस्कृतिक क्षेत्रका अथक यात्री हुन ।

मैले चिनेको दिनदेखि यो भूमिका तयार हुने क्षणसम्म नारायण शर्मा नेपाली जनता र विशेष गरी सर्वहारा वर्गीय आन्दोलनका लागि सांस्कृतिक फाँटबाट अनवरत रुपमा समर्पित छन् । विशेष गरेर अभिनय कलाबाट रक्तिम अभियानमार्फत् जनतामाझ लोकप्रिय बन्दै गएर उनले पछि आफ्नो जिम्मेवारीलाई पत्रकारका रुपमा थप फराकिलो पारेका हुन । रारा नेपालको नामबाट लेखिएका उनका ब्यङ्ग्यात्मक गीत र लेख÷रचनाले पनि सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्ने र विकृति–विसङ्गतिका विरुद्ध तिखो प्रहार गर्ने गरेका छन् । उनका यी सबै रचना र यात्राका संस्मरणहरु मूलतः मजदुर, किसान र सर्वहारा वर्गको मुक्तिका निम्ति अघि बढ्दै जाँदा स्वाभाविक रुपमा उत्पन्न भएका सङ्घर्षका कथा र जीवनका व्यथा हुन् ।

औपचारिक डिग्री, जागिर, आयआर्जनका पेशा र व्यक्तिगत जीवनका सुख, समृद्धिका यावत सम्भावनाहरुलाई उनले सामाजिक परिवर्तन र आफ्नो आस्थाका नाममा समर्पित गरी दिए । यसै क्रममा आफ्नो सङ्घर्षमय जीवनका अनुभवको सङ्गालो यो “रक्तिम–यात्रा” नाम लिएर जन समक्ष आएको छ । सरसर्ती हेर्दा यो नियात्रा जस्तो देखिन्छ । देश–विदेश घुम्दाका अनुभव र घटनाक्रमहरुको विवरण यसभित्रको मुख्य पक्ष रहन गएको छ । जीवनको उत्तरार्धको सङ्घारतिर सर्कदै गर्दा उनको यो सङ्गालो प्रकाशित भएको छ । यसमा जिन्दगीको लामो भोगाइहरुको गहन अनुभूति छिपेको छ । यो उनका जीवनका भोगाइका सम्झनाको अभिलेख हो भन्ने कुरा यसभित्रको सूचीकृत १६ वटा शीर्षकहरु मात्र हेर्दा पनि थाहा लाग्छ ।

रक्तिम सांस्कृतिक अभियानले विभिन्न कालखण्डमा चलाएका सांस्कृतिक गतिविधिको सेरोफेरोमा रहेर यो कृति तयार भएको छ । विशेष गरेर २०५३ सालदेखि उनको सांस्कृतिक यात्रा घनीभूत रुपमा देशव्यापी हुँदै गएको देखिन्छ । लेखकका शब्दमा “इतिहासले लत्याएको कलाको क्रान्तिकारी कडीलाई पक्रेर” उनले रक्तिम सांस्कृतिक अभियान को यात्रामा आफूलाई समाहित गरे । सिंहदरबारभित्रबाट जनता र राष्ट्रका विरुद्ध हुने षडयन्त्रका विरुद्ध सडक नाटक मार्फत् जनचेतना अभिवृद्धि गर्ने अभिप्रायले घर–परिवारका सपना थाति राखेर देशाटनमा निस्केको कुराको वर्णन छ, सुरुका पानाहरुमा । सम्पूर्ण लेख÷रचना र संस्मरणहरु पूर्ण रुपमा सत्य तथ्यमाथि आधारित छन् । सबै कुराहरु भए÷घटेका यथार्थ घटना, विवरण र विचारमा आधारित छन् ।
बाग्लुङ
तिम्रो वीरताको गाथा
म कसरी लेखूँ
म अलमल छु
तर पनि कलम चलाई रहेछु
सगरमाथा जस्तै तिम्रो अडिगपनको
अभिव्यक्ति दिने मसँग शब्द छैन
तर पनि लेखी रहेछु ।

यो यात्रा संस्मरणमा मूलतः गद्यात्मक लेखहरु भएता पनि माथि उल्लेख भए जस्ता कतै कतै यसमा पद्यात्मक संस्मरणहरु पनि समावेश गरिएको छ । यसबाट लेखकको काव्यात्मक प्रतिभाको पनि राम्रो छनक पाइन्छ ।

नारायण शर्मासँग मेरो यात्रा ५० को दशकको प्रारम्भदेखि अविक्षिन्न रूपमा सँगै अघि बढी रहेको छ । देशभित्र तराईको फाँटदेखि हिमालका काखसम्म, मेचीदेखि महाकालीसम्म हामी रक्तिमका गीत, नाच र नाटक लिएर हिडेका सांस्कृतिक यात्राका अनगिन्ती दृष्यहरु मनभरि छरिएका छन् । देश बाहिर भारतका ताजमहल, दुबईको बुर्ज खलिफा र जापानको स्काई टावर जस्ता आश्चर्यजनक मानव निर्मित सौन्दर्यका प्रतीकहरु सँगै घुमेका सम्झनाहरु पनि ताजै छन् । ती सबै संस्मरणहरु यस पुस्तकमा कलात्मक रूपले प्रस्तुत गरिएका छन् ।

रक्तिम सांस्कृतिक अभियानको इतिहासमा देखा परेका उहापोहका चित्र पनि यसमा स्पष्ट देखा परेका छन् । विशेष गरेर पाँचाँै दशकमा पैदा भएको नेतृत्वको वैचारिक विचलनको चर्चा पनि यसमा गहन प्रकारले उठाइएको छ । “जब हिउँदमा रुखका पातहरु सुक्ने गर्छन…….. तेज गतिले बढाइए रहेका छौँ” यसले लेखकमा भएको वैचारिक अडान र लक्ष्यप्रतिको दृढताको स्तरलाई प्रष्टाउँछ ।

यसभित्र प्रकृतिप्रतिको लेखकको सौन्दर्य चेतना घनीभूत भएर उठेको देखिन्छ । ठाउँठाउँमा उनी प्रकृतिसँग खेल्दै, हास्दै र बोल्दै हिडेका छन् । उनी माछापुच्छ«े हिमालसँग यसरी वार्तालाप गर्छन्– “….माछापुच्छ«े तिम्रो अडिगपनबाट हामीले यो राष्ट्र बचाउनका लागि ठुलो सन्देश पाएका छौँ र सङ्घर्षको मैदानमा तिम्रो अस्तित्वको रक्षाका लागि आफ्नो ज्यानलाई कुर्बान गर्न पनि पछि हट्ने छैनौँ ।” वर्गीय चेतनाको प्रगाढता पनि यसमा उच्च रूपमा अभिव्यक्त छ । किसान, मजदुर, महिला र युवाहरुका समस्या पनि त्यत्तिकै संवेदनशील छ । एक जना गाउँले बृद्ध नर बहादुर थापासँगको अन्तरवार्ता यसमा निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ । बच्चादेखि बृद्धसम्मका समस्याहरु यहाँ कलात्मक शैलैमा उल्लेख भएका छन् ।

यात्रा संस्मरण विधा कस्तो हुनु पर्ने ? त्यसमा हुनु पर्ने तत्व र अवयवहरु मिलेका छन् कि छैनन् ? यसको लेखन स्तर र शैलीको मापन गर्ने काम समीक्षक÷समालोचकहरुको हो । त्यो छुट्टै मूल्याङ्कनको विषय हो । तर समग्रमा यो कृति नेपाली पाठकका लागि एउटा पठनीय सामग्रीको रूपमा उपस्थित भएको छ । नारायण शर्माको भावी लेखकीय जीवन यात्राको थप प्रगति र सफलताको कामना गर्दछु ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kapil Bhatta

    राम्रो मान्छे देस र जनताको लागी ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
श्रीमान्द्वारा श्रीमतीको हत्या
श्रीमान्द्वारा श्रीमतीको हत्या
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
कसरी झरे श्रीपेचबाट माेतिका दुइवटा दाना ?
कसरी झरे श्रीपेचबाट माेतिका दुइवटा दाना ?

तपाईंले छुटाउनुभयो कि?