कसरी झरे श्रीपेचबाट माेतिका दुइवटा दाना ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
कसरी झरे श्रीपेचबाट माेतिका दुइवटा दाना ?

सारांश

  • काठमाडाैै, ४ कात्तिक ।
  •   श्रीपेच, राजदण्ड लगायत राजतन्त्रकालिन महत्वपूर्ण वस्तु प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै २९ असोजमा संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले त्यसैदिन विहान पौने सात बजे राखिएको कोठाबाट ल्याएर श्रीपेचलाई सोकेशमा राखिएको जानकारी दिए।
  • मन्त्री अधिकारीको भनाईबाट के बुझ्न सकिन्थ्यो भने, २९ जेठ ०६५ मा पूर्वराजा ज्ञानेन्द्रले  नेपाल सरकारलाई बुझाएपछि थन्क्याइएको श्रीपेच त्यसैदिन सैनिक सुरक्षामा रहेको दराजबाट निकालेर प्रदर्शनीका लागि सोकेशमा राखिएको हो।

काठमाडाैै, ४ कात्तिक ।   श्रीपेच, राजदण्ड लगायत राजतन्त्रकालिन महत्वपूर्ण वस्तु प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै २९ असोजमा संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले त्यसैदिन विहान पौने सात बजे राखिएको कोठाबाट ल्याएर श्रीपेचलाई सोकेशमा राखिएको जानकारी दिए।मन्त्री अधिकारीको भनाईबाट के बुझ्न सकिन्थ्यो भने, २९ जेठ ०६५ मा पूर्वराजा ज्ञानेन्द्रले  नेपाल सरकारलाई बुझाएपछि थन्क्याइएको श्रीपेच त्यसैदिन सैनिक सुरक्षामा रहेको दराजबाट निकालेर प्रदर्शनीका लागि सोकेशमा राखिएको हो।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेर प्रदर्शनीको उद्घाटन गर्नुभन्दा दुई हप्ता अगावै नारायणहिटीको शैलुन कक्षमा दराजभित्र राखिएको श्रीपेच खोलिएको थियो। १६ असोजमा नै सो कक्षमा सैनिक सुरक्षाका साथ राखिएको श्रीपेच खोलेर हेरिएको थियो। ‘२०६५ मा नेपाल सरकारलाई बुझाएपछि ‘०७१ मा पहिलो पटक श्रीपेच खोलेर हेरिएको थियो, राख्दा नमिलेर हुनसक्छ, त्यो बेला मोतिका दुईवटा दाना झरेको हो कि भन्ने अनुमान थियो, यसपटक खोलेर हेर्दा दुईवटा दाना झरेको पुष्टि भयो, ती दुई टुक्रा टाँसेर हामीले सोकेशमा राखेका छौँ।’

श्रीपेच सार्वजनिकका लागि गरिएको उद्घाटन कार्यक्रममा बताइए अनुसार नारायणहिटी दरवार संग्रहालयको सुर्खेत र रूपन्देही कक्षमा राखिएको श्रीपेचमा ७ सय ३० वटा हीराका टुक्रा छन् भने मोतिका दाना १ हजार ३ सय ७२ वटा छन्। यसैगरी पन्नाको दाना ६७ वटा छन् भने १ वटा मोति–माणिक्यपनि श्रीपेचमा जाेडिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?