डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
४२ पटक हेरिएको
Shares
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल

सारांश

  • काठमाडौं, ११ चैत ।
  • धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा यही चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का लागि चर्चित गायक प्रमोद खरेल जोडिएका छन् ।
  • उनी डीपीएल– २ को गुडविल एम्बास्डरको रुपमा जोडिएका हुन् ।

काठमाडौं, ११ चैत । धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा यही चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का लागि चर्चित गायक प्रमोद खरेल जोडिएका छन् । उनी डीपीएल– २ को गुडविल एम्बास्डरको रुपमा जोडिएका हुन् ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बि. शाहीले जारी गरेको विज्ञप्तिमा नेपाली क्रिकेटमा विशेष रुचीमा राख्ने गायक खरेलले प्रतियोगिता उद्घाटन समारोहमा पनि विशेष प्रस्तुति पस्कने छन् । डीपीएलको पहिलो संस्करणको शीर्ष गीतमा पनि गायक खरेलले स्वर दिएका थिए ।

चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन् । यस्तै, तेस्रो हुने टीमले ३ तथा चौथो हुने टोलीलाई २ लाख पुरस्कार दिने घोषणा यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द
मधेस केन्द्रित दलको  ठूला नेताहरू  प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
मधेस केन्द्रित दलको ठूला नेताहरू प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
“mostbet Kz Официальный Сайт: Казино И Букмекерская Контор
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
दीभिशाको अभिनयमा ‘धोका’(भिडियोसहित)
दीभिशाको अभिनयमा ‘धोका’(भिडियोसहित)
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन
अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं( रामचन्द्र पौडेल)
अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं( रामचन्द्र पौडेल)

तपाईंले छुटाउनुभयो कि?