भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने

सारांश

  • काठमाडाैं ।
  • नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिने भएकाे छ ।
  •  मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिने भएकाे हाे ।

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिने भएकाे छ । मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिने भएकाे हाे ।

बुधबार १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजेपछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिएपछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?