यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द

सारांश

  • काठमाडौं, २३ बैशाख ।
  • सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै यातायात व्यवसायी समितिहरु आन्दोलनमा उत्रेको समयमा सल्यानमा स्थापित “सल्यान–रुकुम यातायात व्यवसायी समिति”ले भने आफ्नो कामकाज आफै बन्द गरेको छ ।
  • सरकारी कदमको स्वागत गर्दै उक्त समितिले आफ्नो कामकाज बन्द गरेको हो ।

काठमाडौं, २३ बैशाख । सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै यातायात व्यवसायी समितिहरु आन्दोलनमा उत्रेको समयमा सल्यानमा स्थापित “सल्यान–रुकुम यातायात व्यवसायी समिति”ले भने आफ्नो कामकाज आफै बन्द गरेको छ । सरकारी कदमको स्वागत गर्दै उक्त समितिले आफ्नो कामकाज बन्द गरेको हो ।

“नेपाल सरकारको यातायात सेवा सुधारका नयाँ सकारात्मक कामलाई समर्थन गर्दै अर्को निर्णय नहुन्जेल आजकै मितिदेखि समितिका सम्पूर्ण होर्डिङ बोर्ड हटाउने, समितिका व्यवसायी, कर्मचारी पोसाक, परिचयपत्र लगायत अन्य कागजात लगायतका कामकाज प्रयोगमा नल्याउने, टिकट नकाट्ने, गाडी चलानी, टिप शुल्क नलिने निर्णय गरेको छ”, समितिका अध्यक्ष लोकमान बुढाथोकीले भने । उनले सबैलाई एउटै नजरले हेरेर एउटै तराजुमा नतौलिन उनले अनुरोध गरेका छन् ।

सल्यान–रुकुम यातायात व्यवसायी समिति जनताको समिति र सरकारको नीति र विधिअनुसार चल्ने संस्था भएकाले आगामी दिनमा पनि सरकारको नीति र विधिमा नै चल्ने अध्यक्ष बुढाथोकीले बताए । “देशकै नमुना यातायात समितिको रूपमा चिनिएको यस संस्थाले महाभूकम्पमा देशभरिबाटै सबैभन्दा पहिले सल्यानबाट गाडीहरू काठमाडौँ लगेर सल्यानी जनतालाई साबिककै भाडामा सल्यान ल्याएको थियो । त्यो समय मौकाको फाइदा उठाउँदै देशमा लुटतन्त्र चलेको थियो”, अध्यक्ष बुढाथोकीले भने, “भूकम्प पीडितहरूमा निमित्त यातायातको कार्यसमिति, व्यवसायी र कर्मचारीहरू बाट २ लाख ७८ हजार १ सय ९९ उठेको थियो ।”

समितिले सल्यानका एकदमै विकट गाउँ, गाउँका अप्ठ्यारो बाटोमा गाडी सञ्चालन गरेर गाउँका जनतालाई सुविधा दिँदै आएको अध्यक्ष बुढाथोकील जानकारी दिए । तत्कालीन समयमा कसैले यातायात सञ्चालन गर्न सकिन्छ भनेर नसोचेको रुकुम–काठमाडौँ रात्रि बस लगायत नयाँ क्युहरु सञ्चालन गरेको थियो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेका सबै सिटमा बामपन्थीको पकड
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
सुनको मूल्य एक हजार ८०० ले ह्रास
सुनको मूल्य एक हजार ८०० ले ह्रास
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
आँखालाई कसरी स्वस्थ्य राख्ने
आँखालाई कसरी स्वस्थ्य राख्ने
महा लेखापरीक्षक द्वारा  राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
महा लेखापरीक्षक द्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

तपाईंले छुटाउनुभयो कि?