डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
सारांश
- काठमाडौं, ११ चैत ।
- धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा यही चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का लागि चर्चित गायक प्रमोद खरेल जोडिएका छन् ।
- उनी डीपीएल– २ को गुडविल एम्बास्डरको रुपमा जोडिएका हुन् ।
काठमाडौं, ११ चैत । धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा यही चैत्र १७ गतेदेखि धनगढीमा शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का लागि चर्चित गायक प्रमोद खरेल जोडिएका छन् । उनी डीपीएल– २ को गुडविल एम्बास्डरको रुपमा जोडिएका हुन् ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बि. शाहीले जारी गरेको विज्ञप्तिमा नेपाली क्रिकेटमा विशेष रुचीमा राख्ने गायक खरेलले प्रतियोगिता उद्घाटन समारोहमा पनि विशेष प्रस्तुति पस्कने छन् । डीपीएलको पहिलो संस्करणको शीर्ष गीतमा पनि गायक खरेलले स्वर दिएका थिए ।
चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन् । यस्तै, तेस्रो हुने टीमले ३ तथा चौथो हुने टोलीलाई २ लाख पुरस्कार दिने घोषणा यसअघि नै भइसकेको छ ।
प्रतिक्रिया