काभ्रेपलाञ्चोकको एउटा वडा बाहेक सबैमा मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२८६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३१ वैशाख ।
  • काभ्रेपलाञ्चाकको नमोबुद्ध नगरपालिका– ४ नं वडाबाहेक पहिलो चरणको निर्वाचन भइरहेका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ ।
  • आयोगका सचिव गोपीनाथ मैनालीले शनिबार राति अज्ञात समूहले नमोबुृद्धनिवासी नवराज पाठकको हत्या गरेको घटनाका कारण सो वडाको मतदान स्थगन गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ, ३१ वैशाख । काभ्रेपलाञ्चाकको नमोबुद्ध नगरपालिका– ४ नं वडाबाहेक पहिलो चरणको निर्वाचन भइरहेका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले शनिबार राति अज्ञात समूहले नमोबुृद्धनिवासी नवराज पाठकको हत्या गरेको घटनाका कारण सो वडाको मतदान स्थगन गरिएको जानकारी दिनुभयो ।पर्वतको पीपलटार, रामेछापको दोरम्बा, दोलखाको दुप्तेश्वर, सुनकोसी लगायत ठाउँमा मतदानका क्रममा केही विवाद उत्पन्न भए पनि मतदान जारी रहेको बताइएको छ ।

डोल्पामा ६० प्रतिशत मतदान
आयोगका सचिव मैनालीले निर्वाचन भएका जिल्लामा हालसम्म ४० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशभर उत्साहजनक रुपमा मतदाता मतदानमा सहभागी भएको पाइएको छ, मतदान स्वतन्त्र र धाँधलीरहित रुपमा सम्पन्न हुँदैछ ।”

डोल्पामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको विवरण प्राप्त भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?