उत्साहजनक सहभागितामा बेगनासको सफाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
उत्साहजनक सहभागितामा बेगनासको सफाई

सारांश

  • पोखरा सफाई अन्तर्गत शनिबार बेगनास तालको सफाई गरियो ।
  • सफाई अभियानमा जन सहभागिता बढ्दै गएको छ ।
  • यसको प्रत्यक्ष उदाहरण भने बेगनास सफाईले देखाएको छ ।

पोखरा सफाई अन्तर्गत शनिबार बेगनास तालको सफाई गरियो । सफाई अभियानमा जन सहभागिता बढ्दै गएको छ । यसको प्रत्यक्ष उदाहरण भने बेगनास सफाईले देखाएको छ ।

अभियानको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी देवेन्द्रबहादुर मेघासीले राष्ट्रिय गान बजाएर सुभारम्भ गरेका थिए भने लायन्स क्लब अफ लेखनाथ सीमसारका अध्यक्ष बसुधा पराजुली भट्टराईले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यस पटकको सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, हाम्रो क्रिउ स्काउट, घारीपाटन आमा समूह, नमुना आमा समूह तल्लो हेमजा, महिला क्लब पोखरा, अभियान युवा क्लब, लायन्स क्लब अफ लेखनाथ सीमसार, लियो क्लब अफ लेखनाथ, लायन्स क्लब अफ बेगनासताल नगरी, ड्यामसाइड टोल विकास संस्था, महेन्द्रपुल महिला जागरण समूह, अभियान क्लब महिला उपसमिति जिरो किमी, लायन्स क्लब अफ लेखनाथ, सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ, डायमण्ड मोडेल स्कूल, जुनियर सिटीजन एकेडेमी, अमरसिद्ध मावि, स्थानीय आमा समूह, सामाजिक, व्यापारिक संघ संस्था, जनप्रतिनिधि लगायत वडाबासीहरुको सहभागिता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

अभियान कै क्रममा समाजसेवी टेकबहादुर र नन्दकुमारी गुरुङ दम्पत्तीका तर्फबाट अभियानका अगुवा लोकदर्शन कोइरालार्ला हाते माइक हस्तान्तरण गरेका थिए ।  हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयसेवा भन्ने नाराका साथ सञ्चालित अभियानमा झण्डै १० टन प्लाष्टिकजन्य फोहर संकलन भएको महिला क्लब पोखराकी अध्यक्ष मिना आचार्यले बताइन्  ।

सरफाई कार्यक्रममा सहभागीहरुलाई वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए भने आगामी ६३ औं हप्ताको सफाई अभियान वडा नं. ३२ राजाको चौतारामा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा
दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा
नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिए
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
Trump: Japan could shoot down North Korean missiles
Trump: Japan could shoot down North Korean missiles
खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !
खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो

तपाईंले छुटाउनुभयो कि?