श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
सारांश
- श्रीलंकामा गएको साता भएका श्रृंखलाबद्ध आत्मघाती आक्रमणमा सयौँले ज्यान गुमाए पछि श्रीलंकन सरकारले अनुहार छोप्न लगाइदै आएका पहिरहनहरुमा प्रतिबन्ध लगाएको छ ।
- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक यस्ता उपायहरु अपनाइएको प्रष्ट पारेका छन् ।
- पहिरहन प्रतिकोे प्रतिबन्धलाई राष्ट्रपतिको आकस्मिक उपायको रुपमा लिइएको छ ।
श्रीलंकामा गएको साता भएका श्रृंखलाबद्ध आत्मघाती आक्रमणमा सयौँले ज्यान गुमाए पछि श्रीलंकन सरकारले अनुहार छोप्न लगाइदै आएका पहिरहनहरुमा प्रतिबन्ध लगाएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक यस्ता उपायहरु अपनाइएको प्रष्ट पारेका छन् ।
पहिरहन प्रतिकोे प्रतिबन्धलाई राष्ट्रपतिको आकस्मिक उपायको रुपमा लिइएको छ । श्रीलङ्कामा रहेका बीबीसीका प्रतिनिधि स्टीभ ज्याक्सनका अनुसार सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबै किसिमका अनुहार ढाक्ने पहिरनलाई पूर्णरुपमा रोक लगाएको हो ।
उनी भन्छन्न् “यो घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ’निकाब’बारे प्रस्ट उल्लेख छैन, तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ ।
श्रीलंकन अधिकारीहरुका अनुसार त्यहाँ अब कसैले पनि अनुहार छोपिने र मान्छे नचिनिने किशिमका पहिरहन लगाएर हिडडुल गर्नु गैरकानुनी हुनेछ ।
८० प्रतिशतभन्दा बढि बौद्धमार्गी रहेको श्रीलङ्कामा हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मावलम्वीको पनि बसोबास रहेको छ । त्यहाँ रहेका धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउदैन थिए । तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढ्दै गइरहेको पाइएको छ ।
शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो । अब यो घटना पछि भने यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो ।
ती श्रृंखलाबद्ध आक्रमणका सन्दिग्ध अपराधी मानिएका जहरान हशिमका पिता र उनका दुई भाई गएको शुक्रबार भएको एउटा कारवाहीमा मारिएको बताइएको छ । श्रीलंकन प्रहरीका अनुसार कारवाहीका क्रममा जहरानकी आमाको पनि मृत्यू भएको छ ।
इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो। ती घटनामा परी कम्तीमा दुई सय ५० जनाको ज्यान गएको थियो । उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याश्नल तौहिद जमातले गराएको सरकारको दाबी छ । सो घटना पछि श्रीलंका सरकारले उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।
प्रतिक्रिया