शिखरन्युज चुनाब बिषेश फोटो स्टोरी
सारांश
- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका छन् ।
- यसअघि झापाको दमकमा मतदान गर्दै आएका पूर्व प्रधानमन्त्री ओलीले यस पटक भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति स्कुल बालकोट- २ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका छन् । यसअघि झापाको दमकमा मतदान गर्दै आएका पूर्व प्रधानमन्त्री ओलीले यस पटक भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति स्कुल बालकोट- २ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मैले त भोट हाले, अनि तपाईले नि???

मेयरकी स्वतन्त्र उम्मेदवार (विवेकशील नेपाली दल) रञ्जु न्यौपाने दर्शनाले काठमाडौं वडा नम्बर ३ महाराजगञ्जस्थित राष्ट्रपति भवन अगाडिको मतदान केन्द्रबाट मतदान गर्दै । उम्मेदवारले लाइनमा नबसी मतदान गर्न पाउने भए पनि उनी भने लाइनमै बसेर मतदान गरेकी हुन ।
उनले संक्षिप्त प्रतिक्रिया दिंदै भनिन्, ‘मतदातामा उत्साह थप्न र हौसला बढाउन लाइनमा बसेकी हुँ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।
काठमाडौँबाट एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार राजुराज जोशी आइतबार भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्दै ।
मतदान शुरु भयो । राप्ती नगरपालीका वडा नं ५ हेलथपोष्ट वुथ भण्डारा चितवनमा मतदान गर्दै।
जय बहादुर चन्द मतदान गर्नका लागी लाईनमा बस्दै ।
स्थानीय तहको निर्वाचनमा जीवनमै पहिलो पटक मतदान गर्न पाउँदा मन हर्षले गदगद भएको उहाले उल्लेख गर्दै एउटा अनाैठो खुशि ,अनाैठो अनाैठो अनुभुती भैरहेको बताउदै भगवान सङ्ग धेरै चुनाउमा मतदान गर्न पाइयोस भगवान तिम्रो लाख-लाख सुक्रिया भनि आफ्नो भावाना बेक्त गर्नु भएको छ ।
मनोज गजुरेल मतदान गर्नका लागी आफ्नो पालो कुर्दै गर्दा ।
सात चिन्ह सात छाप,
नागरिक अधिकार जिन्दाबाद ✊

भक्तपुर नगरपालिका विद्यार्थी निकेतन मावि साकोठा–५ स्थित मतदान केन्द्रमा मतदान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ।
मतदान गर्न नपाउदाको रिस आफ्ना पति बिनोद मानन्धरलाइ पोख्दै नायिका करिस्मा मानन्धर ।

मतदान गर्न पाउदाको खुशि ब्यक्त गर्दै रक गायक योगेश्वर अमात्य ।

यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने चुनाब बहिष्कार गरि मतदानमा सहभागी हुनु भएन । 
दिपकराज गिरि भन्दै छन मताधिकार प्रयोग … पहिलो पटक पार्टी होइन ब्यक्ति हेरेर मतदान गरियो…!!!

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार गृहजिल्ला गोरखाको पालुंगटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण माविको बुथमा मतदान गरेका थिए ।
प्रतिक्रिया