प्रधानमन्त्रीका कारण क्रिकेट प्रमुखले दिए राजिनामा
सारांश
- कराची।
- पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् ।
- पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएको हो।
कराची। पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएको हो।
पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका छन् ।
सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी)मा नियुक्त गरेको थिए । अध्यक्षका रुपमा उहाँको कार्यकाल सन् २०२० मा सकिने भएपनि उनले अहिले नै राजीनामा दिएको बताइएको छ ।
“सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पुरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट वोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,” सेथीले ट्वीटर मार्फत् सार्वजनिक गर्नु भएको राजीनामा पत्रमा उल्लेख छ ।“क्रिकेट वोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ शसक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु,” उनले लेखेका छन् ।
प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पुर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसक्नुभएको छ । उनलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेखेका छन्, “मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गरानेछन् ।” पदत्याग गरेका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादक समेत छन् । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गर्थ्यो ।
सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० बर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पु¥याएको प्रतियोगिताका रुपमा लिइन्छ । टि ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ ।
प्रतिक्रिया