बाघको आक्रमणबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बाघको आक्रमणबाट मृत्यु

सारांश

  • हेटौँडा, १२ चैत ,  मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
  • राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो ।
  • घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

हेटौँडा, १२ चैत ,  मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो ।

घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महिलाको शव उठाउने क्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुई जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?