दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी

सारांश

  • काठमाडौं ।
  • नेपालीहरुको महान पर्व दसैं, तिहारपछिको अर्को पर्व छठ आज हर्षोल्लासका साथ मनाइँदैछ ।
  • आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मनाइँदैछ ।

काठमाडौं । नेपालीहरुको महान पर्व दसैं, तिहारपछिको अर्को पर्व छठ आज हर्षोल्लासका साथ मनाइँदैछ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मनाइँदैछ । विशेषगरी तराइमा मनाइने छठ पर्व काठमाडौंमासमेत मनाइन थालेको छ ।

काठमाडौंका नदी किनार र पोखरीमा छठ पर्व मनाउने चलन वर्षेनी बढ्दै गएको छ । कमलपोखरी, गुहेश्वरी, बागमती लगायतका नदी पोखरी छेऊमा छठ मनाउने गरिन्छ । छठको उपलक्ष्यमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

छठ पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । चार दिनसम्म मनाइने यो पर्वको मुख्य विधि अन्तर्गत आइतबारदेखि शुरु भएको थियो । पर्वको चौथो अर्थात भोलि बिहानै अन्तिम दिन पार्वण गरिन्छ । यस दिन सवेरै व्रत गर्नेहरू जलाशयमा पुगी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ ।

पहिलो दिन चतुर्थीको विधिमा नहाय–खाय गर्ने चलन छ । पहिलो दिनको चतुर्थी व्रत गर्ने चलन छ । कुनै पनि अशुद्ध मानिने भोजनमा लसुन, प्याज, कोदो, माछामासु, मसुरलगायतका अशुद्ध मानिने खानेकुरा छुँदैनन् । यस पर्वमा चाहिने भाँडाकुडा र बन्दोवस्त एक महिना अगाडिदेखि जुगाड गर्न थालिन्छ ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।
सूर्य उपासना परम्परासहित मनमोहक दृश्य मानिने संसारकै एउटा पर्व मानिन्छ । किनकि यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

मानिसहरुलाई सत्य र अहिंसाको बाटोमा हिड्न अभिप्रेरित गर्नु छठ पर्वको मुख्य विशेषता हो । अर्को दोस्रो दिन पञ्चमी खरना गरिन्छ, जसलाई पापको नष्ट गर्ने दिन पनि भनिन्छ । गाईको गोबरले लिपिएको अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले दिनभरि निर्जला व्रत बस्ने चलन छ ।

राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाएर प्रसाद ग्रहण गर्ने चलन छ । तेस्रो दिन षष्ठीमा गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खानेकुरा बनाइन्छ ।
अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूलागाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नांगलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति लोकगीत गाउँदै जलाशयसम्म पुग्ने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
हुथी विद्रोहीका कारण यमनमा भोकमरी र कुपोषणको संकट गहिरिँदै
हुथी विद्रोहीका कारण यमनमा भोकमरी र कुपोषणको संकट गहिरिँदै
असोज २३ गते विहिबारको राशिफल यस्तो छ
अमेरिकामा अगस्तसम्म ६० हजारको मृत्यु हुने अनुमान
अमेरिकामा अगस्तसम्म ६० हजारको मृत्यु हुने अनुमान
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
लागू भएन अपाङ्गता अधिकार
लागू भएन अपाङ्गता अधिकार
डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त
डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

तपाईंले छुटाउनुभयो कि?