प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?

सारांश

  • काठमाडौं, १७ चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द “विप्लव”लाई मजाक अलि बढ्ता गरेको भन्दै सोधेका छन्, चन्दा उठाउन क्रान्तिको गफ दिने ?
  • रिपोर्टस् क्लवको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “चन्दा उठाउने र सुतलीबम पड्काउने काम कुनै पनि सिद्धान्तमा छैन ।

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द “विप्लव”लाई मजाक अलि बढ्ता गरेको भन्दै सोधेका छन्, चन्दा उठाउन क्रान्तिको गफ दिने ? रिपोर्टस् क्लवको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “चन्दा उठाउने र सुतलीबम पड्काउने काम कुनै पनि सिद्धान्तमा छैन ।”

“थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ ? माक्र्सवादमा कहाँ लेखेको छ ? नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउन का लागि सिद्धान्तका कुरा नगर्नुस्” ओलीले भने । विप्लवको नेकपाले प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेको विषय उठाउँदै भने , “धेरै मजाक नगर्नुस् ।”

“केपी ओलीलाई वारेण्ट जारी गर्ने ?”, यस्तो प्रश्न गर्दै ओलीले थपे, “मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।” उनले राजनीतिक मजाक नगर्न ओलीले विप्लवलाई चेतावनी दिए ।

“प्रचण्डलाई समेत वारेन्ट, कुन्नि कुन गाउँमा आउनू रे ! सातदिनभित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढ्ता भयो कि” ओलीले भने । स–साना समूहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिदै खाल उठिसकेपछि च्याँखे थापेर केही नुहुने धारणा राखे ।

अनावश्यक कुरामा अब देश नअल्मलिने भन्दै ओलीले आफू देश विकासमा केन्द्रित भएको बताए । देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताए । “ट्याउँट्याउँ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?” ओलीले प्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?