निर्वाचनमा अनपेक्षित हार व्यहोरेको माओवादी केन्द्रले बोलायो विस्तारित बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
निर्वाचनमा अनपेक्षित हार व्यहोरेको माओवादी केन्द्रले बोलायो विस्तारित बैठक

सारांश

  • काठमाडौं।
  • स्थानीय तहको दुवै चरणको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको समीक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ।
  • मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो।

काठमाडौं। स्थानीय तहको दुवै चरणको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको समीक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ।

मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो। निर्वाचनको समिक्षा गर्न पार्टी जिल्ला इन्जार्चहरुसहितको सहभागितामा सचिवालयको बैठक बोलाउने निर्णय गरिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। बैठकमा नेताहरुले संगठनात्मक अस्तव्यस्तता कारण पनि पार्टीले अपेक्षा गरे अनुसार स्थानीय तह दोस्रो चरणको निर्वाचनको परिणाम आउन नसकेको बताएका थिए।

माओवादी केन्द्रले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नल्याएपनि स्थानीय तह निर्वाचनमा पार्टीको एजेन्डाको जीत भएको दावी भने गर्दै आएको छ । माओवादी केन्द्रले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनतामा लैजान नसक्दा पनि दोस्रो चरणको निर्वाचनमा अपेक्षा गरे अनुसार जीत हासिल गर्न नसकेको पनि जनाएको छ। नेकपा माओवादी केन्द्रले अव हुने तेस्रो चरणको निर्वाचनमा भने पहिलो शक्ति बनाउने गरी पार्टी संगठनलाई सुदृढ ढंगले परिचालन गर्ने तयारी पनि गरेको छ।

बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा ४६ स्थानीय तहमा जित हासिल गरेको माओवादीले दोस्रो चरणको निर्वाचनमा ३८ स्थानीय तहमा मात्र जित हासिल गर्न सक्यो। दुवै चरणको निर्वाचनमा राम्रो प्रदर्शन गर्न नसकेको माओवादी केन्द्रले निर्वाचनको समीक्षा गर्न विस्तारित बैठक बोलाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?