भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०८०
|
|
३९ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

सारांश

  • काठमाडौं।
  • नक्कली कागजात तयार पारी भिजिट भिसामा विदेश पठाउन सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि चार जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।

काठमाडौं। नक्कली कागजात तयार पारी भिजिट भिसामा विदेश पठाउन सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि चार जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।

अदालतले अध्यागमन अधिकृत खड्का, काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको छ। बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक, सरोज कुमार यादव पनि ट्राभल सञ्चालक र अरुण दाहाल बिचौलिया हुन्।

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’मा संलग्न गीता शाहसँग अदालतले ५ लाख धरौटी मागेको छ। पदम लामालाई १ लाख, विनोद कार्कीलाई २ लाख, रामप्रसाद भण्डारीलाई ७ लाख, रविन अर्याललाई १ लाख र दिनेश ज्ञवालीलाई ७ लाखमा रिहा गर्न अदालतले आदेश गरेको छ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो। उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको थियो।

यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको छ।

माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपिका पादुकोण र रणवीर सिंहले लगाएको लुगा लिलामीमा !
दीपिका पादुकोण र रणवीर सिंहले लगाएको लुगा लिलामीमा !
पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर
पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर
युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…
युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
काठमाडौंमा बढ्दैछ ‘जिगोलो’ बजार, जिगोलो ट्रेनिङ समेत हुने !
काठमाडौंमा बढ्दैछ ‘जिगोलो’ बजार, जिगोलो ट्रेनिङ समेत हुने !
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने
अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने
आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति
आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति