सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, २० चैत ।
  • कपिलस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले विगतको बर्षदेखि निम्न आयस्रोत भएका र निजी विद्यालयमा पहँुच नभएका विद्यार्थीहरुका लागि अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ ।
  • सरकारी विद्यालयले निजी विद्यालयसरह अंग्रेजी माध्यममा पठनपाठन गराएपछि प्याव्सन र एन प्याव्सनले शिवराज नगरपालिकामा नेपाल आदर्शविरुद्ध ज्ञापनपत्र बुझाएका छन् ।

माधव बेल्वासे

कपिलवस्तु, २० चैत । कपिलस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले विगतको बर्षदेखि निम्न आयस्रोत भएका र निजी विद्यालयमा पहँुच नभएका विद्यार्थीहरुका लागि अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ । सरकारी विद्यालयले निजी विद्यालयसरह अंग्रेजी माध्यममा पठनपाठन गराएपछि प्याव्सन र एन प्याव्सनले शिवराज नगरपालिकामा नेपाल आदर्शविरुद्ध ज्ञापनपत्र बुझाएका छन् ।

प्याब्सन कपिलवस्तुका अध्यक्ष नरेन्द भुसाल र एन प्याव्सन कपिलवस्तुमा अध्यक्ष अजय त्रिपाठीसहितको टोलीले शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल आदर्श माविले अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भन्दै मनोमानी ढंगले प्रमाणपत्रविना विद्यार्थी भर्ना गरी शिक्षा ऐन २०२८ को परिच्छेद १५ को बुँदा ७६ “ग” विपरीत गरेको निजी विद्यालयका प्रिन्सिपलहरुले आरोप लगाएका छन् । अंग्रेजी माध्यमबाट पढाउने बहानामा विद्यालयले विद्यार्थीसँग चर्को शुल्क लिएको समेत उनीहरुले आरोप लगाएका छन् ।

यता नेपाल आदर्श माविले भने निश्चित कोटामा मात्रै विद्यार्थी भर्ना गरेको बताएको छ । विद्यार्थी भर्ना गर्दा शिक्षा ऐन विपरीत नभएको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरलले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rai Man

    Yo nijee bidhyalaya pani yatayat ko sendiket jastai ho, nabhae kina tauko dukhaune?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?