कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
२६ पटक हेरिएको
Shares
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु

सारांश

  • काठमाडौं, ३१ असार ।
  • कोरोना भाइरसको संक्रमणबाट बैंगलोरमा मृत्यु भएका दाजुको मृत्यु संस्कार गर्न भारत पुगेर फर्किएका एक व्यक्तिको निधन भएको छ ।
  • स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष हुन् ।

काठमाडौं, ३१ असार । कोरोना भाइरसको संक्रमणबाट बैंगलोरमा मृत्यु भएका दाजुको मृत्यु संस्कार गर्न भारत पुगेर फर्किएका एक व्यक्तिको निधन भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष हुन् ।

मृतक दाजुको मृत्यु संस्कार सकेर भारतबाट २४ असारमा फर्किइ परुवाको क्वारेन्टाइनमा बसेका थिए । त्यस क्रममा स्वास्थ्यमा समस्या आई २९ असारमा वीरगञ्जस्थित नारायण अस्पतालमा भर्ना भएका थिए । आइसीयुमा राखिएका उनको कोभिड १९ परीक्षणका क्रममा भोलिपल्ट नेगेटिभ नतिजा आएको थियो ।

स्वास्थ्यमा निकै समस्या आएपछि उनलाई २९ असारमा आइसीयुमा राखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । समस्या बढेपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका थिए । उपचारका क्रममा उनको आज अपरान्ह साँढे २ बजे निधन भएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएका समेत गरी संक्रमणबाट कुल मृतकको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?