मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
१८ पटक हेरिएको
Shares
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण

सारांश

  • काठमाडौं ।
  • करिब दुई हप्ता अघि अमेरिकी सहयोगमा इजरायलले इरानमाथि आक्रमण गरेर सुरु भएको मध्यपूर्वी युद्ध समाधान होला भन्दा झन् फैलँदै गएको छ ।
  • इजरायलले इरानमा हमला गरेपछि इरानले पनि मध्यपूर्वी देशहरु युएइ, कतार, बहराइन, साउदी अरेबियामा आक्रमण गरिरहेको छ ।

काठमाडौं । करिब दुई हप्ता अघि अमेरिकी सहयोगमा इजरायलले इरानमाथि आक्रमण गरेर सुरु भएको मध्यपूर्वी युद्ध समाधान होला भन्दा झन् फैलँदै गएको छ । इजरायलले इरानमा हमला गरेपछि इरानले पनि मध्यपूर्वी देशहरु युएइ, कतार, बहराइन, साउदी अरेबियामा आक्रमण गरिरहेको छ ।

लेबनानी सरकारी सञ्चारमाध्यमले जनाए अनुसार ती सहरहरुमा भएको शक्तिशाली हमलाका कारण त्यहाँ भौतिक तथा मानवीय क्षति भएको अनुमान पनि गरिएको छ । तर त्यसको यकिन विवरण भने आइसकेको छैन ।

इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको जनाएको छ । यसअघि इजरायली सेनाले टायर र सिडोनमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई तुरुन्तै घर खाली गरेर कम्तीमा ३०० मिटर टाढा जान आग्रह गरेको थियो ।

अमेरिका–इजरायल संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अलि खामेनी मारिएका छन् । त्यसको बदलास्वरुप हिज्बुल्लाहले इजरायलमाथि पनि आक्रमण गरेको छ । त्यसपछि पछिल्लो हप्ता आएर लेबनान पनि मध्यपूर्वको युद्धमा तानिएको छ ।

फोटो -रासस/ एफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?