‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना

सारांश

  • एसेन्सी।
  • यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बताएको छ।
  • सोमबार तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन्।

एसेन्सी। यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बताएको छ।

सोमबार तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन्।

सेनाले आतंकवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतंकवादी’ को मृत्यु भएको बताएको छ। इजराइली सेनाले भनेको छ, “भिडियोमा जुन अपरेसनल सवारी देखिएको छ, त्यसलाई गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको थियो र अनजानमा सवारी आतंकवादीको शरीरमाथि चढ्यो।”

सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा नदेखाएको बताएको छ। सामाजिक सञ्जालमा साझा गरिएको सोमबारको घटनाको फुटेज सुरक्षा क्यामेराबाट लिएको जस्तो देखिन्छ र एउटा बख्तरबन्द गाडी निर्जीव शरीरमाथि विस्तारै गुडेको देखाइएको छ।

सवारी फेरि रोकिन्छ र फेरि गुड्दै आफ्नो पछाडिको चक्काले शरीरलाई पुनः कुल्चँदै अगाडि बढ्छ। सोही क्यामेरबाट लिइएको अन्य फुटेजमा इजराइली बल र लडाकू समूहबिच गोलाबारी भएको देखाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी कमजोर भएकामा गम्भीर समीक्षा आवश्यक छ : नेता पौडेल
पार्टी कमजोर भएकामा गम्भीर समीक्षा आवश्यक छ : नेता पौडेल
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
महानगरले मजदूरमैत्री नीति ल्याउने
महानगरले मजदूरमैत्री नीति ल्याउने
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
आग्लो प्रहार गरी श्रीमतीको हत्या
आग्लो प्रहार गरी श्रीमतीको हत्या
नेपाल–भारत उडान सञ्चालन हुने
नेपाल–भारत उडान सञ्चालन हुने

तपाईंले छुटाउनुभयो कि?