सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
३० पटक हेरिएको
Shares
सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

सारांश

  • काठमाडौं, २१ चैत ।
  • सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेका छन् ।
  • बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

काठमाडौं, २१ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेका छन् । बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताएका थिए । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।

सभामुख महराले लामो विद्रोहलाई शान्तिप्रक्रियामार्फत टुङ्गोमा पु¥याई देशको समृद्धिमा लागिरहेको बताए । “शान्तिप्रक्रियाका धेरै काम टुङ्गिएका छन् । नयाँ संविधानको निर्माण भएको छ”, सभामुख महराले भने, “सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौं ।” शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त पनि गरे ।

सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए । नेपालले शान्ति प्रक्रियालगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकोमा खुसी पनि व्यक्त गरे । भेटमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?