मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
४२ पटक हेरिएको
Shares
मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

सारांश

  • सिन्धुपाल्चोक।
  • मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ।
  • विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो।

सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ। यसैबीच बुधबार हेलम्बु-१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ।

सिनियर डिभिजनल इन्जिनियर कुँवरले भने,“अबका बाँकी काम केही कठिन रहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ।” उनले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए। सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी पुर्‍याउनुपर्ने बताए।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी मरमतको काम भैरहेको बताए। अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो। अहिले ४५ कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए।

गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो। अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ। विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरुपमा ल्याउने गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी विधेयकले नेकपामा विवाद
प्रहरी विधेयकले नेकपामा विवाद
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
सरकार गठन र पार्टी एकता संँगसँगै- उपाध्यक्ष रावल
सरकार गठन र पार्टी एकता संँगसँगै- उपाध्यक्ष रावल
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
भागेका चोर पक्राउ
भागेका चोर पक्राउ
इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड
इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष

तपाईंले छुटाउनुभयो कि?