बनेपामा साझा बस पुगेपछि फोटो खिच्नेको भीड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
बनेपामा साझा बस पुगेपछि फोटो खिच्नेको भीड

सारांश

  • बनेपा – अरनिको राजमार्गमा हालीमुहाली गर्दै आएका यातायात समितिले मयूर यातायातको रुट परमिट खारेजीको माग गर्दै बुधबार पनि आफ्ना बस/मिनिबस चलाएनन्।
  • काभ्रेका ग्रामीण तथा सहरी रुटबाट यात्रा गर्दै आएका स्थानीय काभ्रे बस र काभ्रे मिनिबस समितिका बस÷मिनिबस नचल्दा पैदलै गन्तव्यतर्फ लागेका समाचार सोसल मिडियामा आउन थालेपछि बुधबार साझा यातायात सहकारी संस्थाले कोटेश्वरबाट बनेपासम्म बस पठायो।
  • बनेपा र पनौतीमा साझाबा बसलाई स्वागत गर्ने र फोटो खिच्नेको भीड नै लाग्यो।

बनेपा – अरनिको राजमार्गमा हालीमुहाली गर्दै आएका यातायात समितिले मयूर यातायातको रुट परमिट खारेजीको माग गर्दै बुधबार पनि आफ्ना बस/मिनिबस चलाएनन्।

काभ्रेका ग्रामीण तथा सहरी रुटबाट यात्रा गर्दै आएका स्थानीय काभ्रे बस र काभ्रे मिनिबस समितिका बस÷मिनिबस नचल्दा पैदलै गन्तव्यतर्फ लागेका समाचार सोसल मिडियामा आउन थालेपछि बुधबार साझा यातायात सहकारी संस्थाले कोटेश्वरबाट बनेपासम्म बस पठायो। बनेपा र पनौतीमा साझाबा बसलाई स्वागत गर्ने र फोटो खिच्नेको भीड नै लाग्यो। नागरिक दैनिकमा खबर छ ।

यात्रुले पनि पहिलोपटक पनौती र बनेपामा साझाका बस देख्नमात्रै नभई यात्रासमेत गर्न पाए। काभ्रे बस र काभ्रे मिनिबस समितिले वर्षौंदेखि कब्जा जमाएको बनेपामा मयुर यातायातसहित साझा, सिटी मेट्रो र सिटी यातायातका बस सञ्चालनमा आए। मयुरका बस पहिलोपटक धुलिखेल बसपार्कसम्म पुगे भने पनौतीमा साझाका बस।

‘मयूर यातायातलाई धुलिखेलसम्मको रुट इजाजत दिएको विरोधमा कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधारणले दुःख पाइरहेका थिए। यस परिस्थितिमा यातायात व्यवस्था विभागको आग्रहमा हामीले बनेपासम्म जाने निर्णय गरेका हौं’, साझा यातायातका लेखा अधिकृत गोपालप्रसाद पन्तले भने।

साझाले बुधबार स्वयम्भूबाट सूर्यबिनायकसम्म चलिरहेका १६ वटा बसलाई बनेपासम्म चलाएको हो। त्यस्तै, स्वयम्भूबाटै धुलिखेलसम्म २० वटा बस चलाउने तयारी साझाले गरिरहेको छ।

काभ्रे प्रहरीले बुधबार बनेपा, धुलिखेल र पनौती हुँदै काठमाडौं आतेजाते गरेका नयाँ बसलाई भक्तपुरको सिमाना साँगासम्म सुरक्षा दियो।  ‘कानुनी प्रक्रिया पूरा गरेर आएका मयूरलगायत सबै बसलाई सुरक्षा दिन्छौं’, जिल्ला यातायात व्यवस्थापन समितिका सदस्य एवं काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले भने।

कोटेश्वर पूर्वका ११ वटा समितिहरुको आह्वान भनिए पनि हिमाल–तराई यातायातले बिपी राजमार्ग हुँदै पूर्वी मध्य पहाडी जिल्लाहरुमा सेवा दिएको छ। यस्तै अरनिको यातायात समितिले पनि नयाँ बस सञ्चालनमा अवरोध गरेन। मध्य उपत्यका बस व्यवसायी संघले विज्ञप्तिमार्फत मयूर यातायातविरुद्ध विभिन्न समितिहरुले सञ्चालन गरेको आन्दोलन र बन्दमा संघको कुनै संलग्नता नरहेको प्रष्टमात्रै पारेन, आफ्ना सबै बस सेवालाई पूर्ववत रुपमै सञ्चालन गरिरह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?