उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
सारांश
- दाङ, पुस २३ ।
- चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ ।
- विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको टरिगाउँ विमानस्थलमा पुस २३ (आज) देखि हवाई सञ्चालनमा आएको हो ।
दाङ, पुस २३ । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको टरिगाउँ विमानस्थलमा पुस २३ (आज) देखि हवाई सञ्चालनमा आएको हो ।
उपप्रधानमन्त्री कृष्णबहादुर महरा, दाङ ३ का एमालेबाट निर्वाचित सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे पहिलो फ्लाइटमा चढेर दाङ आएका छन्
लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले गत बिहीबार विमान सचालनमा ल्याउन काठमाडौँमा सहमति गरेका थिए ।
हवाई सेवा सञ्चालनमा आएपछि दाङवासी खुसी भएका छन् । स्थानीयवासी भन्छन्, ‘कृष्णबहादुर महराले चुनावी दौरानका क्रममा बोलेका वाचा पुरा गरे ।’
पह्च्यु कृष्ण गुरुङ
Good
Subash Nepali
महरा ज्यु
अब रोल्पाको “बजाकर” बिमानस्थल लाई पनी जीवन् दिने की??????
Ajay Shereali
Good sir
Bikram Sadashankar
Good