पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
सारांश
- काठमाडौं, २२ चैत ।
- वाइसिएल नेपालका महासचिव सुबोधराज शेर्पालीले पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्ने बताएका छन् ।
- बुटवलमा जारी वाइसिएलको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले एमालेसँग हुने पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्ने बताएका हुन् ।
काठमाडौं, २२ चैत । वाइसिएल नेपालका महासचिव सुबोधराज शेर्पालीले पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्ने बताएका छन् । बुटवलमा जारी वाइसिएलको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले एमालेसँग हुने पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्ने बताएका हुन् ।
महासचिव शेर्पालीले भने, “५०÷५० कै बराबरीमा एकता हुनुपर्ने पक्षमा वाइसीएल छ । त्यसैको लागि हामी वैचारिक तथा राजनीतिक रुपमा समेत बहस र संघर्ष गर्दै जानुपर्नेमा सबैले ध्यान दिनु आवश्यक छ ।” वाइसिएल सधैं जनजीविका, राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको सवालमा लड्दै आएको चर्चा गर्दै महासचिव शेर्पालीले राष्ट्रियताको एजेन्डामा कुनै पनि हालतमा अविचलित भई अघि बढ्न जिल्लाका पदाधिकारीभन्दा माथिका कार्यकर्तालाई निर्देशन पनि दिए ।
वाइसिएल ५ नम्बर प्रदेशको कार्यक्रममा वाइसिएलका पूर्व केन्द्रीय सचिव निर्मल जीसी, वाइसिएल प्रदेश फ्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे, पार्टी केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीले सम्बोधन गरेका थिए । कार्यक्रममा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाहरुको माझमा प्रशिक्षण दिएका थिए । वाइसिएल फ्याक्सन इन्चार्ज तथा पार्टीको ५ नम्बर प्रदेश इन्चार्ज मणि थापाले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको वाइसिएल नेपाल ५ नम्बर प्रदेश अध्यक्ष जीतेन्द्र पुन “फेमस” ले जानकारी दिए ।
Rabindra Babu
ठिक कुरा हाे कुनै पनि सबदमा जनयुद्ध नराखिने हशिया हतौडा चिन् नराखिने 50/50 बराबर नहुने भए र
पधान मत्ति अालाे पालाे नहुनेमा त याे सरासरअातमश्रमपण हाे एमालेमा बिलय हाे समयमै धयान दिदा ठिक हाेला
Karki Tika
धम्की वाला लाई विप्लव को मा स्वागत छ यहाँ पाइन्न ।
Nimananda Bhandari
Huna ta ma pani maobadi ho tara amale sanga bilay Huna janina baru biplap tira janchu
Hiranya Bhattarai
जनयुद्ध गर्ने त हामी नि थियेउ। आज त्यो सब ईतिहास भै सकेको छ। आफ्नो हैसियत मा आउ।
Sewakar Pandey
5percent janamat nabhaeka yi chandabadi(k ko maobadi hunu;lootbadi dhamkibadi dankaharu?)lai sammanjanak?50pc nai ho ki?Emalele sath nadieko bhae kati samnan hunthyo janamatle dekhai dinthyo
Suraj Bhujel
केही फरक पर्दैन अस्विकार गरेर।
Hari Krishna Poudel
पहिला आफ्नो हैसियत हेर
Badri Man Joshi
सबै कुरामा माथी पर्नु पर्छ मौका हो जनता मा जे हैसियत भएपनी पार्टी एकता पछि ठूलो स्थान लिनु पर्छ।
श्यम मगर
तेशोभय त ज्यान मारेर मात्रबाकी एइछ खा
Rolpali Bhupendra Gm
50÷50 ma matr party eakta garnu parx natr party eakta garn auchitya xain
JN Marasini
Feri यो स्याल किन बाठो भयर बोल्न परेको होला ?
Ramesh Shrestha
गर्दा हुन्छ कम्रेत केही फरक पर्दैन।
Sagar Nirdosi
nakhok serpali timaru singal chunabma gako vaya halko 5% pani vot aune thena taraeka party vanda paxadi huntheu timaru yo ta parchanda ko chalakhi le garda rastako sekend party huna pakoma garba gara timarule
Surya Shrestha
यस्ता मुला स्यालहरु कराएर कसैको रौ झर्दैन
Mohan Timalsina Uppadhyaya
yakata hudaina