विश्वासको मत किन नलिने भए प्रम ओली ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ६, २०७८
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् ।
  • आज बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको मार्ग खोल्ने बताएका छन् ।
  • संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेका उनले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको मार्ग खोल्ने बताएका छन् ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेका उनले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ३० वैशाखमा प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधान अनुसार ३० दिनभित्र अर्थात् २८ जेठभित्र विश्वासको मत लिनुपर्छ । त्यसो नभए संविधानको धारा ७६ को उपधारा ५ मा जानुपर्ने हुन्छ । ओलीले ७६ (५) मै पुगेर विरोधीसँग भिड्ने तयारी गरेका छन् ।

धारा ७६ (५) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिए राष्ट्रपतिले नियुक्त गर्न सक्ने प्रावधान छ । यो धारा अनुसार ओलीको प्रधानमन्त्री बन्ने सम्भावना कमजोर छ । उनलाई एमालेभित्रैबाट साथ मिलिरहेको छैन । अर्कोतर्फ, जसपाको सांसदको आधा संख्या ओलीविरोधी गठबन्धनमा छ ।

धारा ७६ (५) अनुसार ओलीविरोधी गठबन्धन सरकार बनाउन पनि सजिलो छैन । यसका लागि काँग्रेस, माओवादी केन्द्र र जसपा एक भएर जानुपर्छ । तर, ओलीले जसपाको एउटा पक्षलाई साथमा लिएका छन् । उनीहरुलाई विरोधी गठबन्धनमा जान नदिन सक्रिय भूमिका निभाइरहेका छन् ।–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत राख्ने विधेयक सर्वसम्मत पारित
पोखरामा होटेललाइ ‘पे आइसोलेसन’ बनाउने
पोखरामा होटेललाइ ‘पे आइसोलेसन’ बनाउने
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला
एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला
कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा
कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
जापानमा ३ लाखलाई रोजगारको अवसर, श्रमिक पठाउने नेपाल सरकारको तयारीको गृहकार्य तिव्र
महानगरपालिकाले भत्कायो प्रहरीको बिट
महानगरपालिकाले भत्कायो प्रहरीको बिट
बारुद किन्ने फाइल भारतीय दूतावासमा
बारुद किन्ने फाइल भारतीय दूतावासमा

तपाईंले छुटाउनुभयो कि?