अबदेखि टिचिङ अस्पतालमै कलेजो प्रत्यारोपण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अबदेखि टिचिङ अस्पतालमै कलेजो प्रत्यारोपण

सारांश

  • काठमाडौं – त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ।
  • ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने।
  • कलेजो प्रत्यारोपण गर्न जतिसक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा.

काठमाडौं – त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने। कलेजो प्रत्यारोपण गर्न जतिसक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले बताए। ‘स्वास्थ्य मन्त्रालयमा केही काम बाँकी छन्, त्यो पूरा हुने क्रममा छ,’ नागरिकसँग उनले भने। आजको नागरिक दैनिकमा पवित्रा सुनारले खबर लेखेकी छन् ।

प्रत्यारोपणमा आवश्यक सामग्री तयारी अवस्थामा रहेको, चार शड्ढयाको आइसियू, चिकित्सक समूह, चिकित्सकलाई तालिमलगायतका काम पूरा भइसकेको डा. भण्डारीले बताए। ‘कलेजो प्रत्यारोपणकै लागि एक चिकित्सकले भारतको मेदान्त अस्पतालबाट तालिम लिइसकेका छन्। अब नर्सहरुले पनि तालिम लिँदैछन्’, उनले भने।

बिरामीको कलेजोले काम गर्न छाडेपछि दोस्रो व्यक्तिको आधा कलेजो झिकेर राख्ने विधि हो कलेजो प्रत्यारोपण। कलेजो प्रत्यारोपण दुई तरिकाबाट गर्न सकिन्छ। मस्तिष्क मृत्यु भएका तर शरीरको मृत्यु नभएका व्यक्तिबाट कलेजोको आधा भाग निकालेर बिरामीलाई प्रत्यारोपण गर्न सकिन्छ। यस्तै जीवित व्यक्तिको आधा कलेजो शल्यक्रियाका माध्यमबाट निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ।

नेपालमा २०७३ सालमा कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो। त्रिवि शिक्षण अस्पतालमा भने रमेश भण्डारीकै नेतृत्वमा प्रत्यारोपण हुन लागेको हो। यसका लागि डा. भण्डारी विगत तीन वर्षदेखि क्रियाशील छन्।

उनका अनुसार नेपालमा प्रतिवर्ष एक हजार व्यक्तिको कलेजोमा समस्या देखापर्छ। तीमध्ये २० प्रतिशतलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको डा. भण्डारीले बताए। वार्षिक ८० जना बिरामीले भारतका विभिन्न अस्पतालामा पुगेर कलेजो प्रत्यारोपण गर्ने गरेको तथ्यांक छ।

भारतमा प्रत्यारोपण गर्दा दोब्बर खर्च लाग्ने भएकाले नेपालमा यस्तो सेवा उपलब्ध हुँदा बिरामीलाई राहत पुग्ने डा. भण्डारीले बताए। उनका अनुसार शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गर्दा सम्पूर्ण उपचार खर्चसहित २५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ। भारतमा प्रत्यारोपण गर्दा ४० लाख रुपैयाँ लाग्छ।

अस्पतालमा सुरुको चरणमा मासिक एक जनामा कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको डा. भण्डारीले बताए। क्षमता बढाएर सातामा एक जनामा प्रत्यारोपण गर्ने योजना अस्पतालको छ।

डा. भण्डारीले सन् २००९ मा अस्टे«लियाको रोयल अस्टे«लियन कलेज अफ सर्जनमा छात्रवृत्ति पाएका थिए। उनले त्यही क्रममा अस्टे«लियाकै अलफर्ड अस्पतालमा लिभर, प्यानक्रियाज, विलरी सर्जरीको तालिम लिए । त्यहाँबाट नेपाल फर्केर उनी शिक्षण अस्पतालमा काम गर्न थाले। सन् २०१४ मा उनलाई एकवर्षे कलेजो प्रत्यारोपण फेलोसिप प्राप्त भयो।

फेलोसिप सकेर नेपाल फर्केका भण्डारीले सन् २०१५ देखि नेपालमै कलेजो प्रत्यारोणको तयारीमा जुटे। उनले भने, ‘पहिलो चरणमा प्रत्यारोपण समूह तयार गरें। दोस्रो चरणमा भौतिक पूर्वाधार र तेस्रो चरणमा आवश्यक सामग्री जुटाएँ।’ उनको प्रयासलाई त्रिवि शिक्षण अस्पतालका चिकित्सक, अस्पताल प्रशासन र पूर्व स्वास्थ्यमन्त्री गगन थापा सबैले साथ दिए। अस्पतालले कलेजो प्रत्यारोपणका लागि आइसियू कक्ष, अपे्रसन थिएटर, जनशक्ति उपलब्ध गरायो भने स्वास्थ्य मन्त्रालयले चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ बजेट विनियोजन ग-यो।

कलेजो प्रत्यारोपण टोलीमा भण्डारीसहित डा. राहुल सिंह, डा. जयन्त शाह, डा. विकल घिमिरे, डा. प्रसन कंसाकार र विष्णु कँडेल छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?