बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता नआएको बताएका छन् ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जयगोविन्द साह अध्ययन केन्द्रले जनकपुरमा आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालमा अझै पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको बताए ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता नआएको बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जयगोविन्द साह अध्ययन केन्द्रले जनकपुरमा आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालमा अझै पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको बताए । मन्त्री पोखरेलले उनीहरुका लागि सङ्घीयता नआएको जस्तो देखिने टिप्पणी गरे ।

मन्त्री पोखरेलले दुई चरण भर्ना अभियान चलाउँदा पनि ठूलो संख्यामा बालबालिका विद्यालय बाहिर रहेको भन्दै यो वर्षभित्रै विद्यालयभित्र ल्यासक्नुपर्ने बताए ।

दोस्रो चरणको भर्ना अभियान भदौ मसान्तसम्म सकेपछि अर्को वर्ष हस्ताक्षर अभियान चलाई नेपाललाई पूर्ण साक्षर देश घोषण गर्ने योजना रहेको बताउँदै उहाँले संवैधानिक व्यवस्था अनुसार अनिवार्य शिक्षा लागू गर्न प्रत्येक महानगर, नगर र गाउँपालिकाले भर्ना अभियान चलाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gyan Karki

    Desh le neta palda thikka xa ani jana le k ko rahat mahasus garun ta !!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?