क्रिश्चियन धर्म प्रचार गर्दै हिड्नेलाई प्रहरीले समात्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
क्रिश्चियन धर्म प्रचार गर्दै हिड्नेलाई प्रहरीले समात्यो

सारांश

  • क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका चार जना बर्दियाको गुलरिया नगरपालिकाबाट पक्राउ परेका छन् ।
  • नगरपालिकाको बजार क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै क्रिश्चियन धर्म प्रचार गरिरहेका एक अष्ट्रेलियन सहित चार जना प्रहरीले पक्राउ गरेको हो ।
  • धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको हो ।

क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका चार जना बर्दियाको गुलरिया नगरपालिकाबाट पक्राउ परेका छन् । नगरपालिकाको बजार क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै क्रिश्चियन धर्म प्रचार गरिरहेका एक अष्ट्रेलियन सहित चार जना प्रहरीले पक्राउ गरेको हो ।

धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको हो । पासपोर्ट नम्बर एन ७००७३७११ बताउने अष्ट्रेलियन नागरिक क्याटिया ग्रान सहित नेपालगञ्ज निवासी श्वेता मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा पक्राउ परेका हुन् ।

भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धानपछि उनलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रहरी श्रोतको भनाई छ ।

‘अनुसन्धानका क्रममा विदेशीसहित अन्य चारजनाले घरघरमा गई धर्म प्रचार र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गरेको पाइएकाले मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

उनीहरु धर्म प्रचारकै लागि घरदैलो कार्यक्रम गर्दै हिडेको पाइएको कारण प्रहरीको जिम्मा लगाइएको बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बताए । जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुबाट सोधपुछ र जाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेट लगायत भिडियो फेला शाहीको भनाई छ ।

(https://www.sliderrevolution.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?