पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
३० पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ।
  • पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो।

काठमाडौं, २९ फागुन । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो।

अन्तर्रा्ष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बर ३० मा प्रतिब्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटेर ३४.६५ डलरमा झरेको छ। साढे दुई महिनाको अवधिमा तेलको मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको फाइदा लिन पाएका छैनन्। उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्। अहिले काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर एक सय आठ रुपैयाँ छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ छ।

अन्तर्रा्ष्ट्रिय बजारमा अहिले इन्धनको मूल्यमा कमी आएकाले केही दिनमा नेपाली बजारमा पनि मूल्य घट्ने निगमका अधिकारी बताउँछन्। मार्च १६ ९चैत ३ गते० मा नयाँ मूल्य आउने भएकाले त्यसपछि सस्तिने निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन्। ‘मार्च १६ मा मूल्य घटेर आयो भने हामी पनि घटाउछौं,’ उनले भने, ‘नयाँ भाउ समायोजन भएर आउने मूल्यसूचीमा भरपर्छ।’ निगम सकेसम्म उपभोक्तालाई सस्तोमा पेट्रोलियम पदार्थ बिक्री गर्न प्रयत्नशील रहेको दाबी उनको छ।

विश्वमा फैलिएको कोरोना विषाणुको प्रभावले यातायात तथा औद्योगिक उत्पादनमा कटौती आउँदा इन्धनको माग पनि घटेको छ। माग घटेपछि साउदी अरेबियाले कच्चा इन्धन उत्पादन कटौती गर्न राखेको प्रस्ताव रुसले अस्वीकार गरेपछि ‘प्राइस वार’ हुँदा मूल्य घटेको हो। (नागरिक दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई अधिकृत घुस लिँदैगर्दा पक्राउ
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली
महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
ओली र प्रचण्डलाई मिलाउने ‘खेलाडी’ को-को हुन् ?
ओली र प्रचण्डलाई मिलाउने ‘खेलाडी’ को-को हुन् ?
राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय
राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै  सेवा बन्द
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै सेवा बन्द
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?