फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • राजविराज, २६ चैत, सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।
  • बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
  • त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ ।

राजविराज, २६ चैत, सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।

बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ । सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताउनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?