वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

सारांश

  • वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ ।
  • स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।
  • झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् ।

वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उहाँले बताउनुभयो ।

“वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उहाँले भन्नुभयो, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् ।

वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताउनुभयो । वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उहाँले बताउनुभयो ।

“अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जानैपर्ने अवस्थामा विशेष सावधानी अपनाई मास्क लगाउन भनेका छौँ”, उहाँले भन्नुभयो, “आगो बाल्दासमेत वायु प्रदूषण झन् बढ्ने भएकाले फोहर बाल्ने, गहुँखेतमा बाँकी रहेको भुसा तथा छाली जलाउनेजस्ता काम नगरिदिन भनेका छाँै । धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय निर्माण कार्य गर्दा धुँवाधुलो नउड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरेका छौँ ।”

रातिको समयमा हावाको तापक्रम घट्न गई वायु प्रदूषण जमिनको सतह नजिक बढी हुने भएकाले वातावरणीय अवस्थामा सुधार नहुञ्जेल बिहानीको समयमा घरबाहिर गएर शारीरिक व्यायाम, प्रातः भ्रमणलगायतका कार्यसमेत नगर्न भनिएको उहाँको भनाइ छ । प्रदूषणका कारण दिउँसै बादल लागेजस्तो देखिन थालेपछि स्थानीय तहले स्थानीय बासिन्दालाई सार्वजनिक सूचना जारी गरी सचेत पार्दै आएका छन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट आज थप १० जनाको मृत्यु
कोरोनाबाट आज थप १० जनाको मृत्यु
मतदातामा उत्साह
मतदातामा उत्साह
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मूल्यमा बिक्री
शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मूल्यमा बिक्री
स्कुलमा भर्नाका लागि डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल

तपाईंले छुटाउनुभयो कि?