डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार

सारांश

  • पेकनबारु ।
  • इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ ।
  • रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

पेकनबारु । इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको र हराइरहेका एक जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी कुक्व विडोडोले बताएका छन् । सुरक्षा अधिकारीहरू दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेका छन् ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त उक्त डुङ्गामा ७४ जनाभन्दा बढी यात्री रहेका अनुमान गरिएको छ । यात्री सूचीमा उल्लेख भएभन्दा अधिक मानिसलाई यात्रामा सामेल गराउनु इण्डोनेसियामा सामान्य भएकाले मृतक र बेपात्ता यात्रीको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका हुन् ।

करिब १७ हजार टापु भएको इण्डोनेसियामा सुरक्षाका पर्याप्त उपाय नअपनाउँदा समुद्री दुर्घटना नियमित रुपमा हुने गरेका छन् । सन् २०१८ मा सुमात्रा टापुमा पानी जहाज डुब्दा एक सय ५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकसाथ चार चलचित्र छायाङ्कन
एकसाथ चार चलचित्र छायाङ्कन
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
टिमुरेमा गैरकानूनी सामान बरामद
टिमुरेमा गैरकानूनी सामान बरामद
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता : गृहमन्त्री थापा
अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता : गृहमन्त्री थापा
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सञ्चार मन्त्रालयका सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार

तपाईंले छुटाउनुभयो कि?