मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

सारांश

  • राजविराज, २६ चैत , नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।
  • गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।
  • भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

राजविराज, २६ चैत , नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मदिरा करीब रु ६ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिससहित मदिरालाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेड लाइट एरिया बैधानिक की अबैधानिक ?
रेड लाइट एरिया बैधानिक की अबैधानिक ?
ललितपुरमा एकैदिन ५० कोरोना संक्रमित थपिए
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना,  ७ को अवस्था गम्भीर
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना, ७ को अवस्था गम्भीर
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकार विस्तारको तयारी
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया
बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया
संरक्षण नहुँदा अलपत्र बन्यो ‘लक्ष्मीनारायण गुठी’
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने

तपाईंले छुटाउनुभयो कि?