सुनचाँदी व्यवसायबाट ५० अर्बको कारोबार

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सुनचाँदी व्यवसायबाट ५० अर्बको कारोबार

सारांश

  • काठमाडौं : सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ।
  • वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो मूल्य बराबरको कारोबार हुने गरेकोनेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले जानकारी दिए।
  • ‘सुनचाँदीको कारोबारबाट राज्यले आठ अर्ब रुपैयाँ राजस्व समेत प्राप्त गरिहरेको छ’, उनले भने, ‘यो व्यवसायमा २२ हजार व्यवसायी आबद्ध छन्।

काठमाडौं : सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो मूल्य बराबरको कारोबार हुने गरेकोनेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले जानकारी दिए।

‘सुनचाँदीको कारोबारबाट राज्यले आठ अर्ब रुपैयाँ राजस्व समेत प्राप्त गरिहरेको छ’, उनले भने, ‘यो व्यवसायमा २२ हजार व्यवसायी आबद्ध छन्।’ यो व्यवसायमा तीन लाख जनशक्तिले प्रत्येक्ष तथा अप्रत्येक्ष रूपमा रोजगारी पाइरहेका छन्। यो जनशक्तिमध्ये एक लाख नेपाली कालीगढ हुन भने एक लाख विदेशी कालीगढ रहेको सुनारले बताए।

‘यती ठूलो आकारको व्यवसाय सञ्चालनका लागि स्पष्ट ऐन नहुँदा वर्षौदेखि अन्योलताबीच हामीले व्यवसाय सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘सरकारले व्यवसाय गर्ने कानुनी आधार तय गरिदिनुप¥यो।’ बिना कानुन हामीलाई व्यवसाय गर्न गाह्रो भएको छ’, उनले थपे ‘सुन आयातमा रहेको परिमाणात्मक बन्देजका कारण बजारमा विकृति बढेको छ।’

राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूमा निहित सुन आयात गर्न पाउने एकल अधिकार व्यवसायीलाई पनि दिनपर्ने महासंघले माग राखेको छ।

बैंकहरूले मात्र सुन आयात गर्दा व्यवसायीले विभिन्न झण्झट व्यहोर्नुपरेको बताउँदै महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले, ‘व्यवसायीले पनि सुन आयात गर्न पाउनुपर्ने व्यवस्था गरेर व्यवसायलाई प्रतिस्पर्धी बनाउन सरकारको ध्यान जानुपर्छ।’ सुनचाँदीको वार्षिक कारोबार धेरै भए पनि कम नाफा हुने व्यवसाय भएको उल्लेख गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी छिटोछिटो परिवर्तन हुने प्रकृतिको व्यवसाय भएकाले यसको मर्म बुझेर कर नीति सरल र सहज बनाउनुपर्ने बताए। सरकारले प्रतितोला सुन आयातबाट चार हजार नौ सयका दरले भन्सार शुल्क लिने व्यवस्था गरेको छ।

उपभोक्तालाई गुणस्तरीय सुनका गरगहना उपलब्ध गराउन व्यवसायीले टच मेसिन प्रयोग गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। देशैभरि टच मेसिन जडान गर्ने तयारीमा हामी लागि परेका छौं’, वरिष्ठ उपाध्यक्ष शाक्यले भने ‘महँगो भएकाले सबै व्यवसायीले जडान गर्न सक्ने अवस्था छैन।’

कालीगढलाई कोड नम्बर दिइनुपर्ने

सुनचाँदी व्यवसायीले आमउपभोक्तको विश्वास जित्न तथा व्यवसायलाई अझ मर्यादित बनाउन कालीगढको दर्ता हुनुपर्ने बताएका छन्। कालीगढलाई बढी जिम्मेवार बनाउन तथा गुणस्तरीय गरगहना उपभोक्तामाझ पु¥याउन मिसावटबाट व्यवसायी तथा आम उपभोक्ता जोगिनका लागि दर्ता भएका कालीगढ आवश्यक भएको महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष मोहनकाजी शाक्यले बताए। हाल नेपालबाट कालीगढका वार्षिक १७ अर्ब बाहिरिने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
मन्त्रीलगायत अधिकारीको नियुक्तिमा किन बारम्बार ‘स्वार्थको द्वन्द्व’?
मन्त्रीलगायत अधिकारीको नियुक्तिमा किन बारम्बार ‘स्वार्थको द्वन्द्व’?
कोरला नाकामा नेपालतर्फ काम नै भएन
कोरला नाकामा नेपालतर्फ काम नै भएन
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
१०१ वर्षमा बच्चा जन्माउने महिला
१०१ वर्षमा बच्चा जन्माउने महिला
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण
विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?
कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?

तपाईंले छुटाउनुभयो कि?