बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा

सारांश

  • काठमाडौं।
  • भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • मंगलबार बलायतको बर्मिघममा सम्पन्न खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइलन पुग्ने दोस्रो टिम बनेको हो ।

काठमाडौं। भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बलायतको बर्मिघममा सम्पन्न खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइलन पुग्ने दोस्रो टिम बनेको हो । भारत १३ अंकका साथ अष्ट्रेलियापछि सेमिफाइलन पुगेको हो । हारपछि बंगलादेश सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

टस जितेर पहिला ब्याटिंग गर्दै भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा २८६ रनमा अलआउट भयो । बंगलादेशका लागि ८ औं नम्बरका ब्याट्सम्यान सैफुद्दीनले नटआउट ५१ रन बनाए पनि अर्कोतर्फबाट सहयोग नपाएपछि बंगलादेश जितबाट टाढा रह्यो । जसप्रित बुमराहले ४८ औं ओभरका अन्तिम दुई बलमा लगातार २ विकेट लिँदै भारतलाई सेमिफाइनल पुर्याए ।

यसअघि भारतका लागि रोहित शर्माले १०४ रन बनाए । जारी प्रतियोगितामा रोहितको यो चौथो शतक हो ।

भारतले बंगलादेशलाई पराजित गरेसँगै पाकिस्तानलाई केही सहज भएको छ । पाकिस्तान र बंगालादेशबीच हुने खेलमा पाकिस्तान विजयी भए तथा बुधबार न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेमा पाकिस्तान सेमिफाइल पुग्ने छ । साथै न्यूजिल्याण्ड पनि सेमिफाइनल पुग्ने छ । त्यस्तै भारत र श्रीलंकाबीच हुने खेलमा भारत विजयी भए र दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच हुने खेलमा दक्षिण अफ्रिाका विजयी भए भारत र पाकिस्तानबीच सेमिफाइनलमा भेट हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?