कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
सारांश
- दाङ, १० माघ ।
- राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएकोमा प्रदेश नं.
- ५ बाट महिला सिटमा चर्चित लोकगायिका कोमल वलीसहित ३ जना निर्विरोध निर्वाचित भएका छन् ।
दाङ, १० माघ । राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएकोमा प्रदेश नं. ५ बाट महिला सिटमा चर्चित लोकगायिका कोमल वलीसहित ३ जना निर्विरोध निर्वाचित भएका छन् । पाँच नम्बर प्रदेशबाट निर्वाचित हुने महिलाको ३ सिटमा ३ जनाको मात्र मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
राष्ट्रियसभा सदस्यमा पाँच नम्बर प्रदेशबाट नेकपा एमालेका कोमल वली र मीना बुढा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी अनिता देवकोटा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले यसको औपचारिक घोषणा माघ १५ गतेमात्रै हुने बताए । यो बीचमा कसैले उम्मेदवारी फिर्ता लिनसक्ने र कसैका विरूद्धमा दाबी विरोध पर्न सक्ने भएकाले निर्वाचन आयोगले १५ गते मात्रै त्यसको घोषणा गर्ने रावलको भनाई छ । पाँच नम्बर प्रदेशबाट ३ जना महिलाको कोटामा अरु कसैको उम्मेदवारी नपरेपछि तीनै जना महिला नेतृलाई बधाई दिन थालिएको छ ।
ShantiRam Thapa Magar
Good
Milanphuyal Badalphuyal
nice
Deba Rijal
कोमल दिदी लाई हार्दिक बदाइ
Sitaram Thapa
ठिक ! कोमल दिदिलाई बधाई !
Puskal Shahi Dumrakoti
बधाइ छ।
Umesh Ghimire
बधाई छ
Rijal Krishna
Komala oli ji lai badhai x karayakala shaphala rahosha
Diwakar Subedi
Congratulations
Devi Neupane
निर्विरोध विजयी माननीयहरूको कार्यकाल सफल रहोस् शुभकामना छ
Khushilal Chaudhry
Congratulations
Bishnu Prasad Pudasaini
Xi xi rajniti
Basnet Gobardhan
स्वार्थि कलाकार को पार्टी भएछ के हो एमाले ?