जुगल र भोटेकोसी गाउँपालिकामा एमाले र माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
२२० पटक हेरिएको
Shares

सारांश

  • चौतारा, ४ जेठ ।
  • सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका राजकुमार पौडेल दुई हजार ५७३ मत ल्याई विजय हुनुभएको छ ।
  • उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका साङबु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गर्नुभएको थियो ।

चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका राजकुमार पौडेल दुई हजार ५७३ मत ल्याई विजय हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका साङबु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी दाबुटी शेर्पाले दुई हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी गेल्मो शेर्पाले दुई हजार १४६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी जुगल गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका होमनारायण श्रेष्ठले दुई हजार ८१८ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकाका जयबहादुर लामाले दुई हजार ५७३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा एमालेकी सिर्जना तामाङले दुई हजार ७४६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी अम्बिका नेपालले दुई हजार ३८९ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?