‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३० पटक हेरिएको
Shares
‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’

सारांश

  • काठमाडौँ, २ असोज ।
  • रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
  • असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई बताउनुभयो ।

काठमाडौँ, २ असोज । रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई बताउनुभयो । “नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ”–उहाँले भन्नुभयो ।

सङ्घ संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताउनुहुन्छ । “खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने रु यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौँ”–उहाँले भन्नुभयो ।

महासङ्घमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लाग्नुभएका रामबहादुर थापाले बताउनुभयो । पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजश्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उहाँको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
१३ औँ गणतन्त्र दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना
१३ औँ गणतन्त्र दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
देश परदेश : मध्यपूर्वमा मडारिँदो संकट
देश परदेश : मध्यपूर्वमा मडारिँदो संकट
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै
बैशाख १९ गते आइतवारको राशिफल यस्तो छ
बैशाख १९ गते आइतवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?