भ्रष्टाचार आरोपमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति पक्राउ
सारांश
- सोल : दक्षिण कोरियामा पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।
- पूर्वराष्ट्रपति ली म्युङ बाकलाई सोमबार भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
- सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कार्यालयले ‘अटो पार्टस्’ बनाउने डिएएस नामक कम्पनीको खास मालिक नै भएको पत्ता लागेकाले उनलाई पक्राउ गरिएको जनाएको छ।
सोल : दक्षिण कोरियामा पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। पूर्वराष्ट्रपति ली म्युङ बाकलाई सोमबार भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कार्यालयले ‘अटो पार्टस्’ बनाउने डिएएस नामक कम्पनीको खास मालिक नै भएको पत्ता लागेकाले उनलाई पक्राउ गरिएको जनाएको छ।
यस विषयमा झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट त्यस कम्पनीमा उनको संलग्नता र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीले बताएका छन्। लीको कम्पनी डिएएसले उनको प्रभावमा अवैध रूपमा झण्डै तीन करोड २७ लाख अमेरिकी डलर दिलाएको पाइएको छ। देशको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसुङ ग्रुपसँग उनले ५८ लाख ५० हजार अमेरिकी डलर घूस लिएको न्यायाधिवक्ताको कार्यालयले आरोप छ।
सामसुङ कम्पनीका सामानहरूलाई अमेरिका पठाउनका लागि भन्सार राजस्व छुट गराइदिन घूस लिएको अधिकारीले बताएका छन्। राजनीतिक तथा व्यावसायिक फाइदाका लागि लीले अन्य ठाउँबाट पनि लाखौं डलर घूस लिएको विश्वास गरिन्छ। उनी राष्ट्रपति भएको बेलाका राष्ट्रपति कार्यालयका तीन हजार चार सय दुई फाइल नियन्त्रणमा लिइएको छ।
ती फाइलमा उनी संलग्न भएको अनुमान गरिएको छ। नियन्त्रणमा लिइएका फाइल लीले गरेका अवैध कामसँग सम्बन्धित रहेको बताइएको छ। आरोप पुष्टि भएमा उनलाई कर छली, भ्रष्टाचार, सरकारी स्रोत साधन र शक्तिको दुरुपयोग गरेको अभियोगमा कारबाही हुने भएको छ।
प्रतिक्रिया