कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०८१
|
|
१७ पटक हेरिएको
Shares
कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ ।
  • कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काठमाडौं। नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ । उम्मेदवारी दर्ता भने भोलि आइतबार हुनेछ ।

कीर्तिपुरको मेयरमा डंगोलसहित स्वर्गीय नकर्मीकी श्रीमती जमुनालगायत एक दर्जन नेताहरुले आकाँक्षा राखेका थिए । उपचुनावका लागि एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा. डा. शिवशरण महजन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तोकेको छैन । रास्वपाले जयराम कार्कीलाई उम्मेदवार बनाउने सम्भावना छ ।

उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?