दाहालले गरे रिङरोड र लिङ्करोडको शिलान्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
दाहालले गरे  रिङरोड र लिङ्करोडको शिलान्या

सारांश

  • चितवन, २९ असार ।
  •  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यय एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङरोड र लिङ्करोडको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।
  • शिलान्स कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको बताए ।

चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यय एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङरोड र लिङ्करोडको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

शिलान्स कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको बताए । रिङरोड र लिङ्करोडको विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा विनियोजन भएको जानकारी दिए ।

बजेटले चितवनलाई सम्बोधन नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत सम्बोधन हुदै जाने उल्लेख गरे । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने उहाँको भनाई छ ।

रिङ रोड अन्र्तगत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुलचोक गरि दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिका भित्र रिङ रोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिने छ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमार प्रसाद घिमिरेका अनुसार रिङ रोडको कालो पत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङ रोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भए पनि त्यस बाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो विस्तार हुनेछ । २ बर्ष भित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौता छ ।

लिङ्करोड र रिङ्रोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने बताए । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उन्ले बताए ।

सडक निर्माणका लागि दुई वटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुई वटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ ।

यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ

तपाईंले छुटाउनुभयो कि?