अधिकांश क्षयरोगको जोखिम समूहमा : आज विश्व क्षयरोग दिवस

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा निश्क्रिय क्षयरोग भएका सयमध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ ।
  • राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार अधिकांश क्षयरोगको जोखिम समूहमा छौं ।

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा निश्क्रिय क्षयरोग भएका सयमध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार अधिकांश क्षयरोगको जोखिम समूहमा छौं ।

हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।

चिकित्सकका अनुसार निश्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्छ ।

यसैबीच क्षयरोग बारेमा जनचेतना जगाउन ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
आज १३० औ अन्तराष्ट्रिय मजदुर दिवस, यसरी सुरु भएको थियो यो दिवस
आज १३० औ अन्तराष्ट्रिय मजदुर दिवस, यसरी सुरु भएको थियो यो दिवस
विमाको २५ लाख रुपैयाँका लागि रौतहटमा छोरीको हत्या
विमाको २५ लाख रुपैयाँका लागि रौतहटमा छोरीको हत्या
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
स्वास्थ्य बिमा गर्नेमा कास्की जिल्ला अगाडि
स्वास्थ्य बिमा गर्नेमा कास्की जिल्ला अगाडि
आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति