पार्टी फुटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पार्टी फुटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी झन एक ढिक्का भएर अगाडि बढ्ने बताएका छन् ।
  • शुक्रबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी झन एक ढिक्का भएर अगाडि बढ्ने बताएका छन् । शुक्रबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कसैलाई पार्टी फुट्छ र फुटाउन सकिन्छ भन्ने लागेको भए त्यस्तालाई फुटाएर देखाउन चुनौति दिँदै

प्रधानमन्त्री ओलीले पार्टी फुट्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले सबै एकजुट भएर मात्र देश सम्मृद्धिको बाटोमा अघि बढ्ने बताउँदै भने, ‘देशमा भएका युवा देश बनाउने तिर लाग्नु अनिवार्य छ ।’ ‘फोरमका डा. बाबुराम भट्टराई मात्र होइन अरु साथीहरु पनि नेकपामा आउनुस्, नेकपा विशाल घर हो यहाँ सबै अटाउन सकिन्छ ।’

ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताए । उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको दाबी गरे । ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।

लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’देश विकाशका निम्ति सबैसँग हातेमालो र सल्लाह सुझाव लिएर अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । देश बनाउने कुरामा मदभेद हुनु नहुने प्रधानमन्त्री ओलीले बताए । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ले देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?