नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

सारांश

  • काठमाडौँ, ३० चैत, सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य शुरु गरेको छ ।
  • केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनर्गठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।
  • उहाँले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताउनुभयो ।

काठमाडौँ, ३० चैत, सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य शुरु गरेको छ ।

केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनर्गठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । उहाँले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताउनुभयो ।

“मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसारको पुनर्गठित मन्त्रालयको संरचना बनाउने कार्य थालिएको छ”, उहाँले भन्नुभयो, “किताबखानाबाट दरबन्दी स्वीकृत गरेर आएपछि चाँडै नै मन्त्रालयलाई एकीकृत गरिने छ ।”

मन्त्रिपरिषद् बैठकले २१ वटा मन्त्रालयको सांगठनिक र दरबन्दीको पुनःसंरचना गर्दै दुई हजार ६९४ जनाको दरबन्दी कायम गरेको थियो ।

 

सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २३३ र कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

कूल ३१ बाट २१ मन्त्रालय कायम गरिए पनि मन्त्रालयको काम अझै एकै ठाउँबाट हुन सकेको छैन ।

एउटै मन्त्रालयमा पनि दुईभन्दा बढी सचिव र प्रवक्तासमेत हुने गरेका छन् ।

प्रवक्ता न्यौपानेले एकीकृत रुपमा मन्त्रालयलाई समायोजन नगरे पनि पहिलेको भएको संरचनाअनुसार मन्त्रालय रहने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?