आजदेखि फेरियो नेपालीको पात्रो- शुरु भयो २०७५
सारांश
- काठमाडौँ, १ वैशाख- आजदेखि नेपालीहरुको पात्रो फेरिएको छ ।
- नेपाली पात्रो अनुसार आजदेखि विक्रम संवत् २०७५ साल शुरु भएको छ ।
- आजको दिन अर्थात् वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
काठमाडौँ, १ वैशाख- आजदेखि नेपालीहरुको पात्रो फेरिएको छ । नेपाली पात्रो अनुसार आजदेखि विक्रम संवत् २०७५ साल शुरु भएको छ । आजको दिन अर्थात् वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
सूर्यले मीन राशी सकेर मेष राशीबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन मानिन्छ ।
आज हरेक नेपालीले २०४७ सालमा गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
नयाँ वर्षको अवसरमा बिहानैदेखि स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ, इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ।
मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विक्रम सम्वत चलेको थियो । यो नेपालमा मात्र रहेको छ । विज्ञहरुका अनुसार नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको हो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले सम्वत्लाई बिक्रम सम्वत् भनिएको भन्ने मानिन्छ ।
नयाँ वर्षको अवसरमा नेपालीले विभिन्न साँस्कृतिक कार्यक्रम, पिकनिक, भेटघाटका कार्यक्रमहरु गरी मनाउँदैछन् ।
शिखर न्यूज परिवारको तर्फबाट नयाँ वर्ष २०७५ ले सबै नेपालीमा सुख, शान्ति, समृद्धि कायम् होस्र, हरेक नेपालीको उत्तरोत्तर प्रगतिको शुभकामना !
प्रतिक्रिया