क्यानको विशेष साधारणसभा हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
क्यानको विशेष साधारणसभा हुँदै

सारांश

  • काठमाडौँ, ५ वैशाख , नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ ।
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकूद परिषद (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ ।
  • विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो ।

काठमाडौँ, ५ वैशाख , नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकूद परिषद (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो ।

विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटिमा आइसीसीको तीन, राखेप र निर्वाचित क्यानको समान एक÷एक प्रतिनिधि सदस्य रहने छन् ।

विसं २०७२ मंसिरमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित हुनुभएको थियो । क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेको थियो । आईसीसीको बोर्ड बैठक अघि विधान संसोधन गर्ने गरी साधारणसभा गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

क्रिकेट विवाद समाधानका लागी चौतर्फी दबाब बढेपछि क्यानको निर्वाचित कमिटिले विधान संसोधनका लागी साधारणसभा गर्न लागेको हो । क्यानले विधान संसोधन गरे नेपाल क्रिकेट संघ माथी गरिएको निलम्बन फुकुवा गर्ने आईसीसीले यसअघि नै जनाउ दिइसकेको छ ।

“नेपाली क्रिकेटको विवाद समाधान गर्न हामी आतुर छौँ,” क्यान अध्यक्ष चन्दले भन्नुभयो, “अब बस्ने साधारणसभाले विवाद समाधान गर्र्ने आशा गरेका छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?