पाल्पामा जन्ती बोकेको जिप दुर्घटनाः चारको मृत्यु, १६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
२३८ पटक हेरिएको
Shares
पाल्पामा जन्ती बोकेको जिप दुर्घटनाः चारको मृत्यु, १६ जना घाइते

सारांश

  • पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
  • ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो ।
  • मंगलबार राति भएको दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो ।
मंगलबार राति भएको दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैजना दोभान २ देउरालीका हुन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।

अत्यधिक ओरालो भएका कारण ब्रेक फेल भएर दुर्घटना भएका हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य
भोज खाएर भोट नदिएको भन्दै  झडपमा एकको मृत्यु
भोज खाएर भोट नदिएको भन्दै झडपमा एकको मृत्यु
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने
विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त !
पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त !
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
फेरि अघोषित लोडसेडिङ
फेरि अघोषित लोडसेडिङ