पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • बनियानी, झापा, ५ वैशाख , पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ ।
  • ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो ।
  • पदयात्रामा नेपाल, भारत, बंगलादेश र भुटानका ७० जना पर्यटनविज्ञ तथा पत्रकार सहभागी हुने पदयात्रा कार्यक्रमका सञ्चार संयोजक सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

बनियानी, झापा, ५ वैशाख , पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ ।

‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो ।

पदयात्रामा नेपाल, भारत, बंगलादेश र भुटानका ७० जना पर्यटनविज्ञ तथा पत्रकार सहभागी हुने पदयात्रा कार्यक्रमका सञ्चार संयोजक सन्तोष सुवेदीले जानकारी दिनुभयो । वैशाख ७ गते काँकरभिट्टाबाट शुरु हुने तीन दिवसीय पदयात्राको पहिलो दिन सकलपुरमा बास बसेर दोस्रो दिन श्रीअन्तु पुग्ने तथा तेस्रो दिन बिहान सूर्योदयको दृश्यावलोकन गरी समाप्त हुनेछ ।

पदयात्रा बाहुनडाँगी बजार–मिनिमाउण्टेन–कृष्णथुम्की हुँदै सकलपुर र सलकपुरबाट सिद्धिखोला र मेची खोलाको दोभानमा सामूहिक स्नान गरी सुङतुङ हुँदै श्रीअन्तु पुगेर समाप्त हुनेछ ।

ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुनकुमार कार्कीले सो पदमार्गमा रहेको जैविक विविधता र मेची करिडोरको अध्ययन गर्न पदयात्रा गर्न लागिएको बताउनुभयो । “पदमार्गको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यदयात्रा गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “पर्यटनको माध्यमबाट यहाँको आर्थिकस्तर उकासिने हामीले अपेक्षा गरेका छौँ ।”

पदयात्रा सम्पन्न गर्न रु आठ लाख २७ हजार अुनमानित खर्च हुने संस्थाका महासचिव पुष्कर ढकालले बताउनुभयो । पदयात्राका आयोजनाका लागि झापाको मेचीनगर नगरपालिका, इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, शुभ चिया सहकारी संस्था, मिनि माउण्टेन पर्यटन विकास समितिलगायत संघ संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
जिदानको ट्रान्सफर लिस्टः रियल मड्रिडमा ५ खेलाडी आउट, ५ खेलाडी इन, हेर्नुहोस सूची
जिदानको ट्रान्सफर लिस्टः रियल मड्रिडमा ५ खेलाडी आउट, ५ खेलाडी इन, हेर्नुहोस सूची
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
नर्वेली विदेशराज्यमन्त्री राजधानीमा….
नर्वेली विदेशराज्यमन्त्री राजधानीमा….
लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित
लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा
दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा

तपाईंले छुटाउनुभयो कि?