प्यूठानमा दिउसो १ बजे देखि मतगणना सुरु हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्यूठानमा दिउसो १ बजे देखि मतगणना सुरु हुने

सारांश

  • प्यूठान – प्यूठानमा आज दिउसो १ बजे बाट मतगणना सुरु हुने भएको छ ।
  • प्रतिनिधि सभा सदस्य १ र प्रदेश सभा सदस्य २ रहेको प्यूठानको सदरमुकाम खलंगाका मतपेटिका संकलन गरी एकैठाउँमा मतगणना गरिने छ ।
  • भौगोलिक बिकतटाको कारण सबै मतपेटिका सदरमुकाम खलंगामा ल्याइ नसकेकोले आज दिउँसोबाट मात्रै मतगणना सुरु हुने स्रोत जनाएको छ ।

प्यूठान – प्यूठानमा आज दिउसो १ बजे बाट मतगणना सुरु हुने भएको छ ।

प्रतिनिधि सभा सदस्य १ र प्रदेश सभा सदस्य २ रहेको प्यूठानको सदरमुकाम खलंगाका मतपेटिका संकलन गरी एकैठाउँमा मतगणना गरिने छ ।

भौगोलिक बिकतटाको कारण सबै मतपेटिका सदरमुकाम खलंगामा ल्याइ नसकेकोले आज दिउँसोबाट मात्रै मतगणना सुरु हुने स्रोत जनाएको छ ।

जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भएको भनियता पनि झिमरुक गाउँपालिका ३ आहालखोलामा भने फर्जि मत भटिएपछि आज राति ११ बजे पुनः  मतदान भएको हो ।

२ सय मतदान केन्द्रबाट प्यूठानमा  ६३ प्रतिशत मत खसेको जिल्ला निर्वचन कार्यालय प्यूठानले जनाकारी दिएको छ ।

अहिले प्यूठान सरदमुकाम खलंगामा सर्बदलिय बैठक बसिरहेको र सबै मतपेटिका संकलन भए लगतै मतगणना सुरु हुने नोमराज पौडेले जनाकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?